प्रशासन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ लागि संघीय सरकारले प्रदेश तथा स्थानीय तहमा राजस्व बाँडफाँटबाट एक खर्ब ५९ अर्ब बढी रकम पठाउने अनुमान गरेको बताएका छन् । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले चालु वर्षको लागि गरिएको अनुमानको तुलनामा न्यून राजस्व बाँडफाँट हुने उल्लेख गरेका छन् […]
संघीय निजामती सेवा ऐन यसै अधिवेशनबाट पारित गरेर कार्यान्वयन गरिने पनि घोषण गरेका छ्न । आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री बर्षमान पुनले घोषणा गरेका हुन् । उनले थप्दै भने, ‘राष्ट्रसेवक कर्मचारीको मनोबल बढाउन, काममा उत्प्रेरणा बढाउन, सेवा सुरक्षा, संरक्षण र अनुमानयोग्य सरुवा बढुवा प्रणाली सुनिश्चित गरिनेछ । सार्वजनिक क्षेत्रमा सूचना प्रविधिको अधिकतम […]
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीहरूको अनिवार्य अवकाश उमेर हद पुनरावलोकन हुने भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी नियमावली अनुसार प्रहरी महानिरीक्षकहरू ५८ वर्ष उमेर हदले अनिवार्य अवकाशमा जाँदै आएका छन् ।आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले अवकाश उमेरलाई पुनरावलोकन गरिने बताएका हुन् । ५८ वर्षमा अनिवार्य अवकाश […]
सरकारले आगामी आर्थिक वर्षका लागि झण्डै साढे ५ खर्ब रुपैयाँ बराबरको घाटाको बजेट ल्याएको छ । चालु आर्थिक वर्षको तुलनामा ६.२ प्रतिशतले ठुलो आकारको बजेट ल्याएको सरकारले ५ खर्ब ४७ अर्ब ६७ करोड रुपैयाँको घाटाको बजेट ल्याएको हो । १. उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब ३२ करोड विनियोजन २. वन तथा वातावरण मन्त्रालयलाई […]
सरकारी कार्यालयहरुमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ। संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारी कार्यालयहरुमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए।
सरकारले गाँजाको खेती गर्न कानूनी व्यवस्था गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री वर्षमान पुनले घोषणा गरेका हुन् । उनले भने, ‘औषधी प्रयोजननका लागि गााजाको व्यवसायिक उत्पादन गर्न कानूनी व्यवस्था मिलाइने छ ।’ सरकारको यो घोषणलाई सांसदहरूले ताली बजाएर स्वागत गरेका छन् ।
अर्थमन्त्री वर्षमान पुनले आगामी डेढ महिनाको अवधिमा करिब चार खर्ब रूपैयाँ राजस्व उठ्ने अनुमान प्रस्तुत गरेका छन्। संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा उनले चालु वर्षमा १२ खर्ब ५३ अर्ब राजस्व उठ्ने प्रक्षेपण गरेको बताएका हुन्। चालु वर्ष सकिन अब डेढ महिना मात्रै बाँकी छ। अहिलेसम्म ८ खर्ब ६३ अर्ब रूपैयाँ मात्रै […]
चालु आर्थिक वर्षमा १२ खर्ब ५३ अर्ब ५२ करोड रुपैयाँ राजस्व संकलन हुने संशोधित अनुमान गरिएको छ । मंगलबार संघीय संसद् बैठकमा सरकारको आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले लक्ष्यानुसार यो वर्ष राजस्व संकलन नहुने बताएका हुन् । यो लक्ष्यको तुलनामा ८८.१ प्रतिशत हो । सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ७२ […]
सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र घोषणपछि २४ हजारभन्दा धेरै व्यक्ति समावेशी कोटाबाट सरकारी सेवामा प्रवेश गरेका जनाएको छ । आउँदो आर्थिक वर्षको सरकारको बजेट प्रस्तुत गर्दै मंगलबार अर्थमन्त्री वर्षमान पुनले यस्तो विवरण सार्वजनिक गरेका हुन् ।
काठमाडौं । सरकारले अबदेखि महिनावारीको बेला महिला ट्राफिक प्रहरीलाई चार दिन छुट्टी दिने भएको छ । मंगलबार गणतन्त्र दिवसको अवसरमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिनावारीको समयमा ४ दिनसमम ट्राफिक प्रहरीलाई छुट्टी दिने घोषणा गरेका छन् । लामिछानेलले मापसे कारबाहीमा परेकालाई सडकमा खटाउने पनि घोषणा गरेका छन् । यसअघि महिला प्रहरीलाई महिनावारीको समयमा छुट्टी दिने […]