सुशासन मार्गचित्र २०८२ सार्वजनिक : डिजिटल शासन र भ्रष्टाचार नियन्त्रणमा जोड

सुशासन मार्गचित्र अध्ययन समितिले शासकीय सुधारका क्षेत्रमा गर्नुपर्ने कामबारे अध्ययन गरी सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक भएको छ । सुशासन ‘ब्लु प्रिन्ट’ तयार गर्न तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले १४ पुसमा समिति गठन गरेकी थिइन् । २१ पुसदेखि काम थालेको समितिलाई २१ फागुनसम्मको म्याद तोकिएकोमा केही समय थपेर काम फत्ते गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको शासकीय महाशाखा हेर्ने सचिव गोविन्दबहादुर कार्कीको नेतृत्वमा गठित १५ सदस्यीय उच्चस्तरीय समितिले संसद्को नियमित कार्य तथा सरकार र न्यायालयमा गर्नुपर्ने सुधारका विषय समेटेर ‘गभर्नेन्स ब्लु प्रिन्ट’ तयार पारेको थियो ।

बिज्ञापन

विगतका विभिन्न प्रतिवेदन र अध्ययनहरू कार्यान्वयन नहुनुका कारणसमेत विश्लेषण गरेर मार्गचित्रलाई अन्तिम रूप दिइएको छ । करिब साढे दुई महिना लगाएर जेन–जी प्रतिनिधिसहित विभिन्न क्षेत्रका विज्ञ–विशेषज्ञ, तीनै तहका सरकार र तिनका अंग, निजी क्षेत्र, गैरसरकारी क्षेत्र, सञ्चार जगत्लगायतसँग बृहत् छलफल र सुझाव ग्रहण गरी समितिले तयार पारेको प्रतिवेदनमा सुधार गर्नुपर्ने क्षेत्रलाई पहिचान गरी एक हजार ७६५ वटा क्रियाकलाप समावेश गरिएको थियो ।

बिज्ञापन

जसमा प्रदेश सरकारमा मन्त्रालयको संख्या घटाउने,स्थानीय सरकारलाई झन्झटमुक्त, प्रविधिमैत्री र नागरिकमुखी शासन प्रणालीतर्फ रूपान्तरण गर्ने,कर प्रशासनलाई पूर्ण डिजिटलाइज गर्ने,विद्यालय तहदेखि नै सदाचार र नैतिक शिक्षामार्फत सामाजिक सोचमा परिवर्तन ल्याउनुपर्ने, कर्मचारी नियुक्ति तथा पदोन्नतिलाई पूर्ण रूपमा मेरिट र प्रतिस्पर्धामा आधारित बनाउने बिषय समावेश भएका छन् ।

कर्मचारी प्रशासन सुधारतर्फ पदस्थापन, सरुवा र बढुवा प्रक्रियालाई पारदर्शी, पूर्वानुमानयोग्य र सूचना प्रणालीमा आधारित बनाउनुपर्ने तथा कार्यसम्पादन मूल्यांकनलाई नतिजामा आधारित बनाउनुपर्ने उल्लेख छ । कर्मचारी नियुक्ति तथा पदोन्नतिलाई पूर्ण रूपमा मेरिट र प्रतिस्पर्धामा आधारित बनाउने, भ्रष्टाचारमा संलग्न व्यक्तिमाथि प्रभावकारी अनुसन्धान र दण्ड प्रणाली लागू गर्ने उपाय प्रस्ताव गरिएको छ । विद्यालय तहदेखि नै सदाचार र नैतिक शिक्षामार्फत सामाजिक सोचमा परिवर्तन ल्याउनेजस्ता दीर्घकालीन सुधारहरू पनि आवश्यक रहेको उल्लेख छ ।

बिज्ञापन

यस्तै,संघ–प्रदेश–स्थानीय तहबिच समन्वय संयन्त्रलाई सक्रिय बनाउने, अन्तरसरकारी समानान्तर संरचना खारेज गर्ने तथा वित्तीय हस्तान्तरण वैज्ञानिक र पारदर्शी बनाउनुपर्ने, प्रदेश सरकारमा मन्त्रालयको संख्या घटाउने र स्थानीय सरकारलाई झन्झटमुक्त, प्रविधिमैत्री र नागरिकमुखी शासन प्रणालीतर्फ रूपान्तरण गर्नुपर्ने मार्गचित्र प्रस्ताव गरिएको छ ।

भ्रष्टाचार नियन्त्रणका लागि पारदर्शी, प्रविधिमैत्री र उत्तरदायी शासन प्रणाली स्थापना गर्ने दीर्घकालीन दृष्टि प्रस्तुत गरेको छ । सार्वजनिक सेवा प्रवाहको डिजिटल रूपान्तरण, सार्वजनिक खरिद प्रणालीको सुधार, सार्वजनिक सेवा प्रवाहलाई सरल, छिटो र पूर्ण रूपमा डिजिटल बनाउने, सार्वजनिक खरिद प्रणालीलाई इजिपीमार्फत पारदर्शी र प्रतिस्पर्धात्मक बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

यस्तै,बजेट प्रणालीलाई खुला, पारदर्शी र नतिजामुखी बनाउन तथा कर प्रशासनलाई पूर्ण डिजिटलाइज गर्न सुझाव दिएको छ । समयमै बजेट खर्च सार्वजनिक गर्ने र तीन तहका सरकारबिच समन्वयात्मक बजेट प्रणाली विकास गर्न भनेको छ । भन्सार प्रशासनलाई पूर्ण डिजिटल, कागजविहीन र मुहानविहीन प्रणालीमा रूपान्तरण गर्नुपर्ने मार्गचित्र छ । यस्तै, निरन्तर घाटामा रहेका सार्वजनिक संस्थानहरूको पुनर्संरचना, मर्जर वा निजीकरण गर्ने सुझाव समितिको छ । ती संस्थानहरूलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गरेर व्यावसायिक रूपमा सञ्चालन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, कर्मचारी संरचना पुनरावलोकन, सेवा–सुविधा र पारिश्रमिकमा एकरूपता कायम गर्दै दक्ष र उत्तरदायी मानव संसाधन विकासमा जोड दिनुपर्ने ठहर गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आगामी आर्थिक वर्षमा १,९८५ निजामती कर्मचारी अनिवार्य अवकाशमा, २० सचिवस्तरका अधिकारी पनि बिदा हुने

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बुढाखाडालाई जागिरमै राख्ने,नव युवालाई जागिरबाट निकाल्ने तयारी

पूर्वी नाकामा तस्करी ‘सेटिङ’को आशंका, दुई डीएसपीसहित ११ सशस्त्र प्रहरी कर्मचारी छानबिनमा

३ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा ९ सचिव,पाँच अतिरिक्तमा

सूत्र प्रणालीले दिएको सास्ती

बिशेष