मालपोत कार्यालयका प्रमुख,शाखा अधिकृत,नासुसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका कर्मचारीसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । आयोगले तत्कालीन कार्यालय प्रमुख,तत्कालीन शाखा अधिकृत,सर्भेक्षक,नासुसहितलाई प्रतिवादी बनाउँदै भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

बिज्ञापन

अख्तियारले मालपोत कार्यालय, धनकुटाका तत्कालीन कार्यालय प्रमुख सुरेश थपलियासमेत १५ जना उपर गैर कानुनी लाभ वा हानि एवं घुस रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

बिज्ञापन

अख्तियारले प्रतिवादी बनाएकाहरुमा तत्कालीन कार्यालय प्रमुख सुरेश थपलिया,तत्कालीन शाखा अधिकृत टंक प्रसाद दुवाडी,सर्भेक्षक राजेन्द्र प्रसाद यादव,ताँखुवा गाउँ विकास समितिका सचिव भक्त बहादुर भट्टराई,मालपोत कार्यालय धनकुटाका तत्कालीन नासु माधब बहादुर भट्टराई र जग्गाधनीहरु खगेन्द्र बहहादुर थापा,हिमा बस्नेत,ज्ञान कुमारी मगर,मित्र बहादुर मगर,अम्बर बहादुर मगर,पद्यम बहादुर सिजाली,निर्मला घिमिरेका अलवा छुट जग्गा दर्ता गर्ने जग्गाधनी माधव बहादुर भट्टराईलाई अख्तियारले प्रतिवादी बनाएको छ ।
उनीहरुमाथि दर्ता पुस्तिका (ढड्डा) मै किर्ते गरी सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गरेको अभियोग लगाइएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आगामी आर्थिक वर्षमा १,९८५ निजामती कर्मचारी अनिवार्य अवकाशमा, २० सचिवस्तरका अधिकारी पनि बिदा हुने

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बुढाखाडालाई जागिरमै राख्ने,नव युवालाई जागिरबाट निकाल्ने तयारी

पूर्वी नाकामा तस्करी ‘सेटिङ’को आशंका, दुई डीएसपीसहित ११ सशस्त्र प्रहरी कर्मचारी छानबिनमा

३ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा ९ सचिव,पाँच अतिरिक्तमा

सूत्र प्रणालीले दिएको सास्ती

बिशेष