तीनको मृत्यु,१३० बढी घाइते,अस्पतालले भन्यो ‘घाइते धेरै भए व्यवस्थापन गर्न गाह्रो भयो’

जेन–जी प्रदर्शनका क्रममा प्रहरीको बल प्रयोगबाट अहिलेसम्म तीन जनाको ज्यान गएको छ भने घाइते हुनेहरूको संख्या १३० भन्दा बढी पुगेको छ।

बिज्ञापन

मृत्यू हुनेहरुको पहिचान खुलेको छैन । सिभिल अस्पतालमा उपचारका क्रममा दुई घाइतेको मृत्यु भएको र ट्रामा सेन्टरमा १ जना गरी तीन जनाको ज्यान गएको छ ।

बिज्ञापन

सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि आक्रोशित बनेका ‘जेनजी’हरुले सोमबार राजधानी केन्द्रित प्रर्दशन गरेका थिए । अहिले यो प्रर्दशन राजधानीका अलवा देशका मुख्य शहरहरुमा भइरहेको छ । माइतीघरबाट प्रदर्शन सुरु गरेका जेनजीहरुले बानेश्वरमा निषेधित क्षेत्र तोड्दै संसद भवन घेराउ गरेका छन् ।
प्रर्दशनकारीहरु घाइते हुने क्रम थपिँदै गएपछि निजामती अस्पतालले घाइते धेरै भएका कारण सबैको उपचार गर्न असमर्थ देखिएको भन्दै अन्यत्र रिफरका लागि एम्बुलेन्स पठाउन आग्रह गरेको छ।

अस्पतालले इमर्जेन्सीले नधानेपछि ओपीडीमा समेत राखेर उपचार भइरहेको छ।अस्पतालका निर्देशक डा मोहनचन्द्र रेग्मीका अनुसार घाइतेहरूको संख्या १३० भन्दा बढी पुगेको हो। त्यसमध्ये १० जना प्रहरी रहेका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सेनाले सबै गेट बन्द गरेपछि सिंहदबारभित्रै अड्किए कर्मचारी

‘सामाजिक सञ्जालमाथिको प्रतिवन्ध पुर्नविचार हुनसक्छ’ : सञ्चारमन्त्री गुरुङ

जेन जेड आन्दोलन : प्रदर्शनका क्रममा १३ जनाको मृत्यु

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाए

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

तीनको मृत्यु,१३० बढी घाइते,अस्पतालले भन्यो ‘घाइते धेरै भए व्यवस्थापन गर्न गाह्रो भयो’

शीतलनिवास, सिंहदरबार, नारायणहिटी क्षेत्रमा थपियो कर्फ्यु

जेनजी आन्दोलन : एक जनाको मृत्यु,सयौं घाइते

बिशेष