जिल्ला प्रशासन कार्यालयले ललितपुरले विभिन्न ठाउँमा निषेधाज्ञा घोषणा गरिएको छ।
बिज्ञापन
जेनजीहरूको प्रदर्शनका कारण काठमाडौंपछि ललितपुर प्रशासनले पनि निषेधाज्ञा जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरले सोमबार साँझ ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा कायम रहने जनाएको छ ।
बिज्ञापन
जस अनुसार,भैंसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्र, सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, च्यासलस्थित एमालेको केन्द्रीय कार्यालय, पुल्चोकस्थित न्यायाधीश निवास, मानवअधिकार आयोग निवास लगायतका कार्यालय रहेका क्षेत्रमा निषेधाज्ञा घोषणा गरेको हो।
अब ती क्षेत्रमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, धर्ना जस्ता कार्यहरु गर्न निषेध गरिएको छ।
बिज्ञापन
उता जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालको तस्बिर वेबसाइटबाट गायब भएको छ । काठमाडौँमा जेन जीको प्रदर्शनपछि हिंसात्मक घटना बढिरहँदा गृहमन्त्री रमेश लेखकसँगै सीडीओ रिजालको पनि आलोचना भइरहेको समयमा उनको तस्विर वेव साइडबाटै गायब बनाइएको हो ।
गृह मन्त्रालयले गत भदौं ४ मा छवि रिजाललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएको थियो रिजाल गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा कार्यरत थिए । ऋषिराम तिवारीलाई सात महिनामै फिर्ता तानेर आन्तरिक व्यवस्थापन महाशाखामा जिम्मेवारी तोकिएको छ। यस अघिका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई छोटो समयमै गृहमा फिर्ता गरिएको थियो । ऋृषिराम तिवारी प्रमुख जिल्ला अधिकारी हुँदा दुर्गा प्रसाइको आन्दोलन हुँदा पत्रकारलाई जिउदै जलाइएको बिषयमा चर्काे आलोचना भएको थियो । यस्तै अहिले काठमाडौंको प्रमुख जिल्ला अधिकारी रहेका छविकै कारण प्रहरीहरुले प्रर्दशनकारीमाथि दमन गरेको भन्दै चर्काे आलोचना शुरु भएसँगै उनको फाटो जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायब बनाएको हो ।
काठमाडौंको बानेश्वरसहित सिंहदरबार नारायणहिटी,शितलनिवास,उपराष्ट्रपति निवास लगायतको क्षेत्रका कर्फयु आदेश दिएको छ । यस्तै प्रमुख जिल्ला अधिकारी रिजालले यस अघि सार्वजनिक सम्पत्तिमा क्षती पुर्याउनेलाई गोली ठोक्ने आदेश दिएका थिए ।
जेनजीको प्रदर्शनका कारण अहिलेसम्म काठमाडौंमा मात्र १९ जनाको ज्यान गएको छ भने इटहरिमा २ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेका अधिकांश विद्यार्थीहरु रहेका छन् । यस्तै प्रदर्शनका क्रममा २५६ भन्दा बढी घाइते भएका छन् ।