नेपाल विद्युत् प्राधिकरणले एकै पटक ठूलो संख्यामा कर्मचारी सरुवा गरेको छ । प्राधिकरणले सातौं र आठौं तहका कर्मचारीहरुको सरुवा गरेको हो ।
बिज्ञापन
२०८२ भदौ २० र २२ गतेको निर्णयअनुसार प्राधिकरणले नवौ तहका २२ जना,आठौं तहका ३५ र सातौं तहका १२९ गरी देशभरका वितरण केन्द्र, प्रदेश कार्यालय, महाशाखा र विभिन्न आयोजना कार्यालयमा कार्यरत कर्मचारीको सरुवा तथा पदस्थापन गरेको हो ।
सरुवाको सूची अनुसार उप–प्रबन्धकस्तरका अवधेश कुमार दुवे वीरगञ्ज वितरण केन्द्रबाट जनकपुर वितरण केन्द्रमा सरुवा भएका छन् ।
बिज्ञापन
यस्तै इन्द्रबहादुर जिसिलाई नुवाकोट वितरण केन्द्रबाट खरिपाटीस्थित ट्रान्सफर्मर वर्कशप शाखामा सुरुवा भएको छ । उमेशप्रसाद यादव मलंगवा वितरण केन्द्रबाट सिन्धुली वितरण केन्द्रमा र चुटुन कुमार श्रीवास्तव महेन्द्रनगर वितरण केन्द्रबाट हेटौंडा वितरण केन्द्रमा सरुवा भएका छन् ।
प्राधिकरणले उप–प्रबन्धकदेखि इन्जिनियर तहसम्मका प्राविधिक तथा प्रशासनिक जनशक्तिलाई विभिन्न प्रदेश तथा वितरण केन्द्रमा पुनःव्यवस्था गरेको छ ।
सरुवामा मन्त्री,सचिवदेखि कार्यकारी र कर्मचारी ट्रेड युनियनका समेत आ आफ्नै सूची हुँदा सरुवामा लफडा हुँदै आएको थियो । लामो रस्साकस्सी पछि सरुवाको सूची बल्ल सार्वजनिक गरिएको हो ।