घुस नदिन निर्माण व्यवसायीलाई मन्त्री लम्सालको निर्देशन, मागे सिधै जानकारी दिन आग्रह

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीहरूलाई सरकारी अधिकारीलाई अतिरिक्त शुल्क (घुस) नदिन निर्देशन दिएका छन्।

बिज्ञापन

नेपाल निर्माण व्यवसायी महासंघका अनुसार आइतबार (२०८२ चैत १५) मन्त्री लम्साल र महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलबीच मन्त्रालयमा भएको छलफलका क्रममा यस्तो निर्देशन दिइएको हो।

बिज्ञापन

छलफलका क्रममा पूर्वाधार विकासका आयोजनाहरूमा समयमै गुणस्तरीय काम हुन नसक्नुका साथै आर्थिक अनियमितता बढिरहेको जनगुनासो आएको भन्दै मन्त्री लम्सालले निर्माण व्यवसायीलाई कुनै पनि सरकारी अधिकारीलाई अतिरिक्त रकम नदिन स्पष्ट निर्देशन दिएका हुन्।

महासंघका महासचिव रोशने दाहालद्वारा जारी सूचनामा भनिएको छ, यदि कुनै सरकारी अधिकारीले निर्माण व्यवसायीसँग अतिरिक्त शुल्क मागेमा त्यस्ता व्यक्तिलाई प्रचलित कानूनअनुसार कारबाहीको दायरामा ल्याउन सिधै मन्त्रीलाई जानकारी गराउन भनिएको छ।

बिज्ञापन

मन्त्रीको उक्त निर्देशनपछि महासंघले आफ्ना सबै सदस्य निर्माण व्यवसायीलाई पनि सोही अनुसार काम गर्न र कुनै पनि अनियमिततामा संलग्न नहुन आग्रह गरेको छ।

निर्माण क्षेत्रसँग सम्बन्धित आयोजनाहरूमा ढिलाइ, लागत वृद्धि र अनियमितताको विषयमा बेला–बेलामा प्रश्न उठ्दै आएका छन्। मन्त्री लम्सालले यस्तो प्रवृत्ति अन्त्य गर्न निर्माण व्यवसायी र सरकारी संयन्त्र दुवैले पारदर्शी रूपमा काम गर्नुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष