विदेशमा सन्तान, देशमा दमन? आलोचना बढेपछि सीडीओ रिजालको फोटो हटाइयो

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालको तस्वीर आफ्नो आधिकारिक वेबसाइटबाट हटाएको छ।

बिज्ञापन

 

बिज्ञापन

हालै काठमाडौंमा ‘जेनजी’ पुस्ताले आयोजना गरेको प्रदर्शनमा १७ जनाको ज्यान गएपछि र २५० भन्दा बढी युवा घाइते भएपछि रिजालप्रति सामाजिक सञ्जालमार्फत तीव्र आलोचना सुरु भएको थियो। यसै क्रममा उनको तस्वीर हटाइएको हो।

 

बिज्ञापन

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विदेशमा सन्तानलाई सुरक्षित राख्दै पढाइरहेकाले आफ्नै देशमा युवाविरुद्ध दमनको आदेश दिनु अमानवीय भएको भन्दै सीडीओ रिजाललाई आलोचनाको निशाना बनाएका छन्।

 

काठमाडौं प्रशासनले आइतबार दिउँसो बानेश्वर क्षेत्र आसपास कर्फ्यू आदेश जारी गरेको थियो। तर, आक्रोशित युवाहरूले अवज्ञा गर्दै प्रदर्शनलाई निरन्तरता दिएपछि सुरक्षाकर्मीहरूले बल प्रयोग गरेका थिए।

 

माइतीघरबाट जुलुस निकालेर संसद भवनतर्फ अगाडि बढ्ने क्रममा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेका थिए। निषेधित क्षेत्र तोडेर संसद भवन परिसरतर्फ प्रवेश गर्न खोजेपछि भने प्रहरीले गोली प्रहार गरेको थियो।

 

यसबीच, बानेश्वर, माइतीघर, थापागाउँ, सिंहदरबार र शंखमुल जस्ता संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौंमा प्रदर्शनका क्रममा १९ जनाको मृत्यु, सीडीओको ‘रबर गोली’ निर्देशन विवादमा

मन्त्रिपरिषद बैठक बसिरहेको बेला ओलीलाई देउवाको फोन

राजीनामा दिने मुडमा गृहमन्त्री

विदेशमा सन्तान, देशमा दमन? आलोचना बढेपछि सीडीओ रिजालको फोटो हटाइयो

ललितपुर प्रशासनले निषेधित क्षेत्र तोक्यो,काठमाडौंको सिडियोको फोटो वेव साइडबाटै हट्यो

बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरू

सातौदेखि नवौं तहका १८७ कर्मचारीको सरुवा

बिशेष