नेतृत्व सम्हालेको २० दिनमै सिडियो रिजालमाथि लाग्यो कहिल्यै नमेटिने दाग

युवा पुस्ताले गरेको प्रदर्शनका क्रममा राज्यले चरम दमन गर्दा १९ जना विद्यार्थीहरुको ज्यान गएको छ । ३५० भन्दा बढी घाइते छन् । सोही दमनको अहिले चौतर्फी विरोध भइरहेको छ । जेनजी आन्दोलनको क्रममा मृत्यु र घाइते भएकामाथि सुरक्षा निकायबाट अत्यधिक बल प्रयोग भएको भन्दै राष्ट्रिय मानव अधिकारदेखि विभिन्न देशले घटनाको निन्दा गरेका छन् ।

बिज्ञापन

यस्तै सुरक्षाविज्ञहरुले प्रशासन र प्रहरीबाट गम्भीर गल्ती भएको भन्दै आलोचना भइरहेको छ । गृह मन्त्रालयले गत भदौं ४ मा छवि रिजाललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएको थियो रिजाल गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा कार्यरत थिए । ऋषिराम तिवारीलाई सात महिनामै फिर्ता तानेर आन्तरिक व्यवस्थापन महाशाखामा जिम्मेवारी तोकिएको छ। यस अघिका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई छोटो समयमै गृहमा फिर्ता गरिएको थियो । ऋृषिराम तिवारी प्रमुख जिल्ला अधिकारी हुँदा दुर्गा प्रसाइको आन्दोलन हुँदा पत्रकारलाई जिउदै जलाइएको बिषयमा चर्को आलोचना भएको थियो । यस्तै अहिले काठमाडौंको प्रमुख जिल्ला अधिकारी रहेका छविकै कारण प्रहरीहरुले प्रर्दशनकारीमाथि दमन गरेको भन्दै चर्को आलोचना शुरु भएसँगै उनको फाटो जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायब बनाएको हो । यस्का अलवा उनी मोवाइल समेत अफ गरेर बसेका छन् । एकातिर काठमाडौंका कर्फु लगाउने अर्काेतिर सिडियोकै मोवाइल अफ गरेर बस्नुलाई गैर जिम्मेवारीको पराकाष्टा भन्दछन्,सुरक्षाको जानकारहरु ।

बिज्ञापन

प्रशासन र प्रहरीबाट भएको दमन र अत्याचार यस अघि पूर्व राजा ज्ञानेन्द्रको शासन कालमा भएको महिनौं लामो प्रदर्शनभन्दा बढी दमन प्रयोग भएको छ । ज्ञानेन्द्रको शासन कालमा महिनौं लामो आन्दोलनको क्रममा २३ जनाको ज्यान गएको थियो भने ०४६ सालको परिवर्तनका लागि करिब दुई महिना आन्दोलन चल्दा १९ जना सहिद भएका थिए । तर हिजो एकै दिन १९ जना युवाको ज्यान गएको छ । ३५० भन्दा बढी घाइते भएका छन् । यी घटनाक्रममा प्रधामनन्त्री गृहमन्त्रीझैं दोषी छन प्रहरी प्रमुख र काठमाडौंका प्रमुख जिल्ला अधिकारी ।

 

बिज्ञापन

हिजोको घटना हेर्दा प्रहरी र प्रशासनले बालकुमारी र यस अघि दुर्गा प्रसाई नेतृत्वको आन्दोलनबाट पाठ सिक्न नसकेको रुपमा विश्लेषण गर्न थालिएको छ । कतिसम्म भने हिजोको प्रदर्शनमा प्रहरीले भिड नियन्त्रण गर्नका लागि छेक्ने, रोक्ने, पानीको फोहरा प्रयोग गर्ने वा लाठी हान्ने अनि अश्रृग्याँसको प्रयोग भन्दा अन्तिम अस्त्र गोली प्रहारको अधिक प्रयोग गरेको सुरक्षाविज्ञहरु बताउँछन् ।

उता प्रहरी संगठनको जिम्मेवारी सम्हालेको चार दिन नबित्दै प्रहरी महानिरीक्षक चन्द्रबहादुर खापुङ विवादमा तानिएका छन् । सुरक्षा र प्रशासन प्रमुखहरु असफल सावित भएका छन् । खापुङ चार दिन अगाडि प्रहरी महानिरीक्षक र रिजाल २० दिन अगाडिमात्र काठमाडौंको सिडियोको जिम्मेवारी सम्हाल्न पुगेका हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बजारमा मालवस्तुकाे एमआरपी र बिलबिजक : अवसर र चुनौती

कर्मचारीको मनोबल बढ्दै छ कि गिर्दै ?

सचिवज्यू यस्तै हुन्छ सुशासन ?

ट्रेड युनियन नेतामाथि सरकारको कडाइ : उपत्यकाबाहिर सरुवाको तयारी

सहसचिवको दोहोरो मापदण्ड : सुशासन कागजमै सीमित

प्रधानान्यायधीशको लाइनबाट तीन रिङ आउट

पाँच सचिव अख्तियारको फन्दामा

सर्वाेच्च अदालतमा तोडियो ब्रेक, चौथौं बरियताका शर्मा प्रधानन्यायाधीशमा सिफारिस

बिशेष