काठमाडौंमा आइतबार भएको प्रदर्शनमा भएको हिंसात्मक घटनामा हालसम्म १९ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आन्द काफ्लेका अनुसार, यो संख्या प्रहरीद्वारा मन्त्रालयलाई प्रदान गरिएको तथ्यांकमा आधारित छ।
बिज्ञापन
बिज्ञापन
तर घटनाको मुख्य कारणका रूपमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालको सुरक्षा निर्देशनलाई व्यापक आलोचना गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी मुक्ति रिजालका अनुसार, सीडीओले सार्वजनिक सम्पत्ति संरक्षणका लागि सुरक्षाकर्मीहरूलाई “आवश्यक परेमा रबरको गोली हान्न” आदेश दिएका थिए।
बिज्ञापन
सहायक प्रमुख जिल्ला अधिकारी रिजालले स्पष्ट पारे, “प्रमुख जिल्ला अधिकारीज्यूले सार्वजनिक सम्पत्ति संरक्षणका लागि आवश्यक परेमा बल प्रयोग गर्ने आदेश दिनुभएको हो। तर सोझै कुनै व्यक्तिमाथि गोली प्रहार गर्न आदेश दिइएको छैन, र केवल रबरको गोली प्रयोग गर्ने हदसम्म अनुमति दिइएको हो।”
विशेषज्ञ र मानवअधिकारकर्मीहरूले भने, सीडीओको आदेशका कारण प्रदर्शन स्थलमा सुरक्षाकर्मीहरूले अधिक बल प्रयोग गरेको र यसले जनजीवनमा ठूलो क्षति पुर्याएको बताएका छन्। उनका अनुसार, चेतावनी दिएर सामान्य बल प्रयोग गर्ने विकल्प उपलब्ध हुँदाहुँदै पनि रबर गोली प्रहार आदेशले स्थिति नियन्त्रणको सट्टा अझ हिंसात्मक बनाएको छ।
प्रहरी र गृह मन्त्रालयले जनतालाई सतर्क रहन र सुरक्षा निर्देश पालना गर्न आग्रह गरेका छन्, तर प्रदर्शनमा भएका मृत्यु र घाइतेको संख्या सार्वजनिक भएसँगै प्रशासनको जिम्मेवारी र निर्देशको कारणले भएको आलोचना तीव्र हुँदै गएको छ।