रुग्ण ठेक्कामाथि कठोर निर्णय किन अपरिहार्य ?

देशभरका सडक आयोजना वर्षौसम्म अलपत्र पर्ने, समयमै सम्पन्न नहुने र जनताले दुःख भोगिरहनुपर्ने अवस्था अब सह्य हुने अबस्था थिएन । यही यथार्थका कारण अहिले सडक विभागले रुग्ण आयोजनाहरूका ठेक्का तोड्ने प्रक्रियालाई कडाइका साथ कार्यन्वयन गरिरहेको छ । यो कुनै आवेगको निर्णय होइन, न त कसैलाई लक्षित गरेर गरिएको कारबाही नै । रुग्ण ठेक्का तोड्ने काम सार्वजनिक हित, सेवा प्रवाह र जवाफदेहिताको सुनिश्चितताका लागि चालिएको कदम हो ।

बिज्ञापन

हाल सडक विभागअन्तर्गत देशभरका विभिन्न सडक डिभिजन र आयोजना कार्यालयमार्फत २ सय २९ वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढेको छ । यी ठेक्कामा निर्माण व्यवसायीहरूले पटक–पटक अवसर पाउँदा समेत समयमै काम सम्पन्न गर्न नसकेको, प्रगति शून्य वा अत्यन्त न्यून रहेको र चित्तबुझ्दो स्पष्टीकरण नआएको कारण ती रुग्ण ठेक्का तोड्नुपर्ने अवस्था आएको छ ।

बिज्ञापन

अवसर धेरै, प्रगति शून्य भएपछि निर्णय
हामीले कुनै पनि ठेक्का हचुवाकै भरमा तोडेका छैनौं । ठेक्का तोड्नु अगाडि सम्बन्धित निर्माण व्यवसायीलाई पटक–पटक मौका दिइएको छ । सार्वजनिक सूचना निकालेर १५ दिनभित्र स्पष्टिकरण पेश गर्न आह्वान गरिएको हुन्छ । कतिपय निर्माण व्यवसायीले सूचना प्रकाशित भएपछि काम सुरु गरेका छन् । यस्ता आयोजनाको ठेक्का हामीले तोडेका छैनौं । तर, सूचना हुँदाहुँदै पनि जवाफ नदिने, सम्पर्कविहीन हुने र कामै नगर्ने ठेकेदारहरूको हकमा कानुनअनुसार ठेक्का तोड्न बाध्य भएका हौं । विगतमा कतिपय आयोजनाहरू राजनीतिक कारणले अघि बढ्न नसकेको भन्ने कुरा पनि सुनिन्छ । तर, त्यस्तो अवस्थामा निर्माण व्यवसायीले जिम्मेवारी नलिन सक्थे, ठेक्का तोड्ने अधिकार प्रयोग गर्न सक्थे । अनेक बहाना बनाएर आयोजना अल्झाइ राख्नु उचित होइन । त्यसैले अब लथालिङ्ग ठेक्का सह्य हुँदैन भन्ने सन्देश दिन हामी एक्सनमा उभिएका हौं ।

बिज्ञापन

कानुनको दायराभित्र रहेर कारबाही
ठेक्का तोड्ने सम्पूर्ण प्रक्रिया सार्वजनिक खरिद ऐन र नियमावली अनुसार गरिएको छ । सम्झौता गर्दा दुई पक्षबीच राखिएका शर्तहरू, निर्माण व्यवसायीले ती शर्त पालना गरे÷नगरेको अवस्था, कामको प्रगति, फिल्ड रिपोर्ट र स्पष्टीकरण सबै अध्ययन गरेर मात्रै निर्णय गरिन्छ । समयमै काम सम्पन्न नगने, फिल्ड प्रगति नदेखिने र स्पष्टीकरण चित्तबुझ्दो नआएका ठेक्काहरू तोडिएका छन्। कतिपय ठेक्का सम्बन्धित सडक डिभिजन कार्यालयले त्यहीँबाट तोड्छन् भने ठूला र महत्वपूर्ण ठेक्काको हकमा विभागमा जानकारी आएपछि निर्णय हुँदै आएको छ । यदि कुनै निर्माण व्यवसायीलाई “हामीमाथि अन्याय भयो” भन्ने लाग्छ भने अदालत जाने अधिकार खुला छ । हामी कानुनभन्दा बाहिर गएर कुनै ठेक्का प्रक्रिया तोडेका छैनौं ।

लापरबाही गर्ने कालोसूचीमा
निर्माण व्यवसायीको लापरबाहीका कारण ठेक्का तोडिएको अवस्थामा त्यस्ता व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस गरिन्छ । सार्वजनिक खरिद ऐनको दफा ५९ (८) अनुसार नियम उल्लंघन गरी काम अलपत्र पारेका व्यवसायीबाट बाँकी काम गर्न लाग्ने लागत असुलउपर गर्ने व्यवस्था समेत कानुनमै छ । अब प्रश्न उठ्छ,यसरी तोडिएका ठेक्काको काम कसरी अगाडि बढ्छ ?सुरुको ठेक्काअनुसार भएको काम हामीले स्वीकार गर्छौं । त्यसपछि बाँकी कामका लागि मात्रै नयाँ ठेक्का प्रक्रिया अघि बढाइन्छ । यदि थोरै बजेटमा एउटै आर्थिक वर्षमै सम्पन्न गर्न सकिने आयोजना हो भने बजेट उपलब्ध भएलगत्तै नयाँ खरिद प्रक्रिया अगाढि बढ्छ । ठूलो बजेट आवश्यक पर्ने आयोजना भए अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितता लिएर बहुवर्षीय ठेक्का लाग्छ र काम अगाडि बढाइन्छ ।

कति तोडिए ठेक्का ?
हालसम्म विभिन्न कार्यालयमार्फत ठेक्का तोडिएका आयोजनाहरू यस प्रकार छन्—
गोरखा सडक योजना : १
सडक डिभिजन पाल्पा : ३
हुलाकी राजमार्ग निर्देशनालय, इटहरी (सुनसरी) : ३
हुलाकी राजमार्ग निर्देशनालय, वीरगञ्ज (पर्सा) : १
हुलाकी राजमार्ग निर्देशनालय, धनगढी (कैलाली) : १
पुष्पलाल (मध्यपहाडी) आयोजना निर्देशनालय : १
सडक डिभिजन चन्द्रनिगाहपुर :  १
सडक डिभिजन हेटौंडा : ३
सडक डिभिजन काठमाडौं : २५
यी ठेक्काको कुल रकम २ अर्ब ९७ करोड ७९ लाख ४७ हजार ५ सय ६७ रुपैयाँ बराबर छ । यो तथ्य आफैंमा गम्भीर छ र निर्णय किन आवश्यक थियो भन्ने कुरा स्पष्ट गर्छ ।

नयाँ होइन, तर अब कडाइ अपरिहार्य
ठेक्का तोड्ने प्रक्रिया नयाँ होइन । विगतमा पनि हुँदै आएको हो । तर, एकैचोटि यति ठूलो संख्यामा ठेक्का तोड्ने अवस्था यस अघि कहिल्यै आएको थिएन। अहिले ठेक्का लिने र ठेक्का लगाउने दुवै पक्षको जिम्मेवारी स्पष्ट पार्दै कडाइका साथ कार्यान्वयनमा गएको छौै । मेरो स्पष्ट धारणा छ–आयोजना समयमै सम्पन्न हुनुपर्छ, जनताले सेवा पाउनुपर्छ, र करदाताको पैसा अलपत्र पर्नु हुँदैन । काम गर्न चाहने निर्माण व्यवसायीका लागि सरकार साथमै छ, तर काम नगरी ठेक्का थन्क्याउने संस्कृतिलाई अब प्रश्रय दिन सकिँदैन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गृहमन्त्री गुरुङले दिए राजीनामा

एकै पटक पाँच सचिव रिक्त,बढुवा अनिश्चित हुँदा मारमा बरिष्ठ सहसचिवहरु

कसरी तयार पार्ने कर्मचारीको कार्यसम्पादन सूचक ?

लुम्बिनी अस्पतालको प्रमुखमा डा गौतम

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रमा पहिलो पटक अन्तराष्ट्रिय समर स्कुल संचालन

कर्मचारी आचारसंहिता कार्यान्वयन गर्न सचिवको परिपत्र

काठमाडौंमा जुवा–मिटरब्याजको जालोः आफ्नै रेष्टुरेन्टमा जुवा खेलाउँदै पक्राउ परे प्रचण्ड खड्का

कर्मचारीको उमेर हद ५५ बनाउँदा यही बर्ष अवकाशमा जानेछन ७ हजार कर्मचारी

बिशेष