शिवम् सिमेन्ट्सले कमायो नाफा

शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा आइपुग्दा नाफा आर्जन गरेको छ ।

बिज्ञापन

कम्पनीले २५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५७.९३ प्रतिशत कम हो । अघिल्लो वर्ष यस कम्पनीले अघिल्लो वर्ष ५९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो । सिमेन्ट बिक्रीबाट हुने आम्दानी घट्दा र बिक्री लागत बढ्दा नाफामा दबाब परेको हो । त्यसैगरी, अन्य आम्दानी पनि घटेको छ । ७ अर्ब ७५ करोड रहेको सञ्चालन आम्दानी घटेर ७ अर्ब ७० करोडमा झरेको छ ।

बिज्ञापन

यता, बिक्री लागत भने ६ अर्ब ४६ करोडबाट बढेर ६ अर्ब ६७ करोड पुगेको छ । अन्य आम्दानी पनि ३६ करोड ३७ लाखबाट घटेर १९ करोड ८५ लाख कायम भएको छ । चुक्ता पुँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ रहेको शिवम् सिमेन्ट्सको जगेडा कोषमा ३ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ जम्मा रहेको छ । सेयर प्रिमियममा ९५ करोड ६२ लाख जम्मा छ । यसको प्रतिसेयर आम्दानी ४.९८ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १८९.०२ रुपैयाँ छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अर्थ मन्त्रालयमा उपसचिव सरुवाको तयारी, करिब ६० जनाको सूची बन्दै

सल्लाहकारले सल्लाह दिन्छन कि ब्युरोक्रेसी हल्लाउछन् ?

१३ मन्त्रालयको कटौती,चार मन्त्रालयमा थपिए २२९ दरबन्दी

कुन सेवामा कति दरबन्दी कटौती ?

४७ उपसचिवको सरुवा : २३ लाई पठाइयो नगरपालिका, स्थानीय तहबाट १८ आए संघीय मन्त्रालय

वीवाइडीले कर छलेको पृष्टि : रसुवा भन्सारमा १९ करोड २७ लाख दाखिला

छोरीलाई बाँच्न देऊ

प्रशासनका २३,इन्जिनियरिङतर्फका २,कृषि १ सहित २७ सहसचिवको सरुवा

बिशेष