प्रमुख कार्यकारीमा छनौंट ३ पात्र :- सिमेन्ट कम्पनी डुबाउनेदेखि अख्तियारमा मुद्धा खेपिरहेकासम्म

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा तीन जनाको नाम सिफारिस गरेको छ । उद्योग मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दको कार्यकाल सकिएसँगै रिक्त रहेको उक्त कुर्सीमा पुग्नका लागि १८ जनाको प्रतिष्प्रर्धा चलेको थियो । जसमा तीन जनाको नाम सिफारिस भएको छ ।

बिज्ञापन

२०८१ बैशाख ५ देखि खाद्यमा सीईओ पद रिक्त छ । असार १७ गतेदेखि सीईओ छान्ने प्रक्रिया सुरु भएको थियो । प्रतिष्प्रर्धामा काठमाडौँका विष्णु बाबु मिश्र, भूपेन्द्र प्रसाद अर्याल, यशोदा कार्की र गोपाल घिमिरेका साथैं गुल्मीका भीम बहादुर थापा, तनहुँका डिल्लीराज लम्साल, झापाका कवि प्रसाद पाठक, सिन्धुपाल्चोकका बालकृष्ण बस्नेत, भोजपुरका सञ्जीव रोकाया, ललितपुरका शर्मिला न्यौपाने, भक्तपुरका गोपीकृष्ण न्यौपाने पनि आकाङ्क्षीको सूचीमा छन् । यस्तै धादिङका रमेश आचार्य, बाजुराका छत्र बहादुर कटुवाल, धनुषाका रामदेव यादव, धनकुटाका कुलप्रसाद राई, स्याङ्जाका जीवनारायण काफ्लेले पनि आवेदन दिएका छन् । दरखास्त दिनेहरूमा कञ्चनपुरका श्यामदत्त भट्ट र नरेन्द्र बहादुर बोहरा पनि रहेका छन् ।

बिज्ञापन

मन्त्रालयले प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान भएअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०८१ साउन २२ गते अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्मा तीन जना प्रतिस्पर्धीको नाम सिफारिस गरेको थियो । जसअनुसार सिफारिस समितिले तनहुँका लम्सालसहित भक्तपुरका गोपीकृष्ण न्यौपाने र धादिङका रमेश आचार्यको नाम अन्तिम निर्णयार्थ मन्त्रिपरिषद्मा पठाएको हो ।मन्त्रालयले १८ जना उमेद्धारमध्येबाट तीन उमेद्धार छनौंट गरेर मन्त्रिपरिषद्मा पठाएको छ । तीमध्ये कोही सरकारी कम्पनी नै डुबाएर हिडेकादेखि अख्तियारमा भ्रष्टाचार मुद्धा खेपिरहेकासम्म रहेको भेटिएको छ ।

जसमध्ये लम्साल कम्पनीकै कर्मचारी हुन उनी निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन् । यस अघि उदयपुर सिमेन्टमा रहेर कम्पनी डुबाएर हिडेका गोपीकृष्ण न्यौपाने चौधरी समूहका कर्मचारीका रुपमा चिनिन्छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरकारले गर्‍यो ११ सहसचिवको सरुवा (सूचीसहित)

प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद् बैठक आह्वान

दोहोरो सुविधा नियन्त्रणमा सरकार कडा: पूर्वविशिष्टका सवारी विवरण आजै बुझाउन निर्देशन

हरित वित्त: विकास र प्रकृतिबीचको सन्तुलन

एनटीएनसीमा अटेर कर्मचारीको हालीमुहाली, कोही सरुवा नटेर्ने त कोही गाडी दुरुपयोगमै मस्त

कर्मचारीहरूको गाडी थुत्ने: मन्त्रीका स्वकीय गाडीमा राज गर्ने

सचिव सिग्देल र मन्त्रीको सल्लाहकारको गठबन्धन: नियुक्तिमा चलखेल गर्दै

आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी रमेश अर्याललाई

बिशेष