हटाउने तयारी चलिरहँदा कुलमान सार्वजनिक गरे तीन बर्षे उपलव्धी

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ८ बर्ष अघि घाटामा रहेको नेपाल विद्युत प्राधिकरणलाई आफूले जिम्मेवारी सम्हाले यता ८२ अर्ब रुपैयाँ नाफा गराएको दावी गरेका छन् । नेपाल विद्युत प्राधिकरणको दोश्रो कार्याकालका लागि नियुक्त भएको तीन बर्ष उपलव्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले आठ बर्ष अघि घाटामा रहेको प्रधिकरणको सञ्चित मुनाफा ४७ अर्ब ४१ करोड रहेको र पछिल्ला ८ वर्षमा ८२ अर्ब २ करोड नाफा पुगेको जनाएका हुन ।

बिज्ञापन

प्राधिकरणको नाफा वास्तविक भन्दै कागजी मात्रै नभएको पनि उनले स्पष्टीकरण दिएका छन् । ८ वर्षमा ४७ अर्ब सञ्चित नाफा भएको उल्लेख गर्दै उनले कूल नाफा ८२ अर्ब पुगेको सुनाए । यो नाफा डेडिकेटेड र ट्रङ्कलाइन महसुलले मात्रै नभएको उनको भनाई छ ।

बिज्ञापन

२०७८ साल साउन २५ गते कार्यकारी निर्देशक पदमा नियुक्त भएका उनले कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा क्रमश: ९४.२३ र ९८.९४ प्रतिशत अंक प्राप्त भएको जानकारी दिँदै उनले गत आर्थिक वर्षको भने मूल्याङ्कनकै क्रममा रहेको सुनाए ।घिसिङले महालेखाबाटै अडिट गरी आएको हिसाबअनुसार नाफाको विवरण आफूले भनेको पनि जानकारी दिए । ‘तीनपटक गरि २५ प्रतिशत महसुल घटाउँदा पनि हामी नाफामा छौं’, उनले भने, ‘कुनै पनि उत्पादनमा यसरी मूल्य घटाउँदा नाफामा जाँदैन । तर प्राधिकरण नाफामा छ ।’

आफ्नो दोस्रो कार्यकालमा प्राधिकरणको वित्तीय अवस्थामा थप सुधार, संस्थाभित्रको सुशासन, हरेक नागरिक घरमा बिजुली पुर्याउन विद्युतीकरण, विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रशारण र वितरणतर्फको संरचना विस्तार एवं सुदृढीकरण, उत्पादनतर्फका ठूला जलविद्युत आयोजना अगाडि बढाउने, आन्तरिक रुपमा खपत बढाउने तथा अतिरिक्त विद्युत निर्यातलाई उच्च प्राथमिकतामा राखेर काम गरेको कार्यकारी निर्देशक घिसिङले जानकारी गराए ।
आठ वर्षअघि २९ लाख ७० हजार रहेको विद्युत ग्राहक संख्या हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको र बिकट बस्तीहरुको पहिचान गरेर बाँकी विद्युतीकरणको काम अगाडि बढिसकेको पनि घिसिङले जानकारी दिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अब म्यानपावर नविकरण गर्दा गुगल लोकेशन अनिवार्य

पहिले तछाड मछाड,अहिले भागाभाग

शिशिर बुढाथोकीको पाँच मुक्तक

हरिभक्त सिग्देलको कविता : सुनाैला लाग्दछन् बाला

सचिव विदेशमा, सात दिने स्पष्टीकरण टेबलमा

भिजिट भिसा प्रकरणमा गृह सचिव दुवाडी छानबिनको घेरामा

कर्मचारीहरू कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा

बैदेशिक रोजगारीमा सिन्डिकेट अन्त्य भएको छ: महानिर्देशक

बिशेष