हटाउने तयारी चलिरहँदा कुलमान सार्वजनिक गरे तीन बर्षे उपलव्धी

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ८ बर्ष अघि घाटामा रहेको नेपाल विद्युत प्राधिकरणलाई आफूले जिम्मेवारी सम्हाले यता ८२ अर्ब रुपैयाँ नाफा गराएको दावी गरेका छन् । नेपाल विद्युत प्राधिकरणको दोश्रो कार्याकालका लागि नियुक्त भएको तीन बर्ष उपलव्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले आठ बर्ष अघि घाटामा रहेको प्रधिकरणको सञ्चित मुनाफा ४७ अर्ब ४१ करोड रहेको र पछिल्ला ८ वर्षमा ८२ अर्ब २ करोड नाफा पुगेको जनाएका हुन ।

बिज्ञापन

प्राधिकरणको नाफा वास्तविक भन्दै कागजी मात्रै नभएको पनि उनले स्पष्टीकरण दिएका छन् । ८ वर्षमा ४७ अर्ब सञ्चित नाफा भएको उल्लेख गर्दै उनले कूल नाफा ८२ अर्ब पुगेको सुनाए । यो नाफा डेडिकेटेड र ट्रङ्कलाइन महसुलले मात्रै नभएको उनको भनाई छ ।

बिज्ञापन

२०७८ साल साउन २५ गते कार्यकारी निर्देशक पदमा नियुक्त भएका उनले कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा क्रमश: ९४.२३ र ९८.९४ प्रतिशत अंक प्राप्त भएको जानकारी दिँदै उनले गत आर्थिक वर्षको भने मूल्याङ्कनकै क्रममा रहेको सुनाए ।घिसिङले महालेखाबाटै अडिट गरी आएको हिसाबअनुसार नाफाको विवरण आफूले भनेको पनि जानकारी दिए । ‘तीनपटक गरि २५ प्रतिशत महसुल घटाउँदा पनि हामी नाफामा छौं’, उनले भने, ‘कुनै पनि उत्पादनमा यसरी मूल्य घटाउँदा नाफामा जाँदैन । तर प्राधिकरण नाफामा छ ।’

आफ्नो दोस्रो कार्यकालमा प्राधिकरणको वित्तीय अवस्थामा थप सुधार, संस्थाभित्रको सुशासन, हरेक नागरिक घरमा बिजुली पुर्याउन विद्युतीकरण, विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रशारण र वितरणतर्फको संरचना विस्तार एवं सुदृढीकरण, उत्पादनतर्फका ठूला जलविद्युत आयोजना अगाडि बढाउने, आन्तरिक रुपमा खपत बढाउने तथा अतिरिक्त विद्युत निर्यातलाई उच्च प्राथमिकतामा राखेर काम गरेको कार्यकारी निर्देशक घिसिङले जानकारी गराए ।
आठ वर्षअघि २९ लाख ७० हजार रहेको विद्युत ग्राहक संख्या हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको र बिकट बस्तीहरुको पहिचान गरेर बाँकी विद्युतीकरणको काम अगाडि बढिसकेको पनि घिसिङले जानकारी दिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कर्मचारी प्रेसको समाचारपछि मन्त्री गौरीकुमारी यादवको कदम : आयल निगममा ओभरटाइम भत्ता कटौती

ठेकेदारबाटै कर्मचारी असुरक्षित : भेरीगंगाको इन्जिनियर कुटिए,इच्छाकामनाको प्रमुख प्रशासकीय

नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन्

मन्त्रिपरिषद्का निर्णयहरु : सरुवा,नियुक्तिदेखि नियमावली संशोधनसम्म

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा झाविरुद्ध भ्रष्टाचार मुद्दा

भिआइपीका पिए निलम्बित

दुई महिनामै पूर्वाधार मन्त्रालयले गर्यो १३ अर्ब रकमान्तर

उपत्यकाभित्रका ४ हजार ‘रैथाने’ कर्मचारीलाई कसरी चिन्छ अनलाइन सरुवा सफ्टवेयर प्रणालीले ?

बिशेष