अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयमा दुई घिमिरे बन्धुलाई भित्र्याएका छन् । विवादै विवादमा मुछिएका डा रामप्रसाद घिमिरे राजश्वबाट अर्थ सचिवमा फड्को मार्न सफल भएका छन् । घिमिरेले अहिलेसम्म अर्थ मन्त्रालयमा चार अर्थमन्त्रीसँग काम गरिसकेका छन् । तर उनले राजस्व सचिवका रुपमा कुनै अडान लिन नसेकेको अर्थकै कर्मचारीहरु बताउँछन् । सेटिङमा नीतिगत बदलाव गरि राज्यलाई अरबौं नोक्सानी पुर्याउने काममा सचिव घिमिरेसहित अर्थका उच्च पदस्थहरु जिम्मेवार रहे । जस्को सानो उदाहरण हो ०८१/ ८२ को आर्थिक ऐनमा पनि देखिएको छ । ऐनको दफा ५७ मा छेडखानीमा अर्थका उच्च पदस्थहरु जोडिए । उक्त दफाको उपदफा १ मा आर्थिक विधेयक २०८१ ले आयकर ऐन २०५८ को दफा ५७ को उपदफा ९१० मा प्रतिबन्धात्मक वाक्यांश थपेको थियो, जसमा ‘तर साबिकका सेयरवाला तथा साझेदारको सेयर सङ्ख्या र पुँजी यथावत रही नयाँ सेयरवाला तथा साझेदार थप भई पुँजी वृद्धि भएको अवस्थामा यो उपदफाको व्यवस्था लागू हुने छैन’ भन्ने व्यवस्था राखिएको थियो ।
यस्तै विवादित व्यक्तिलाई राजश्वबाट अर्थमा सारिएको छ भने राजस्व सचिवको जिम्मेवारी दिनेश घिमिरेले पाएका छन् ।
बिज्ञापन
सत्ता गठबन्धन परिवर्तन भएसँगै माओवादीका कोटाबाट डिजी खान गएकाहरु फालिदैंछन् र ती ठाउँमा पठाउनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयमा सहसचिवको खोजी हुँदैछ । अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयका दुईसचिव हेरफेर गरिसकेका छन् राजश्व र अर्थ सचिवमा घिमिरेद्धय दिनेश र रामप्रसादलाई जिम्मेवारी दिएसँगै अब उनको ध्यान सहसचिवहरुको सरुवामा केन्द्रित रहेको अर्थ मन्त्रालय स्रोतको भनाई छ । अर्थ मन्त्रालय मातहत २५ सहससचिव कार्यरत छन् ।
बिज्ञापन
जसमा मन्त्रालयमै सबैभन्दा आकर्षक मानिन्छ बजेट तथा कार्यक्रम महाशाखा, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, राजस्व व्यवस्थापन महाशाखा, प्रशासन महाशाखा, आर्थिक नीति विश्लेषण महाशाखा, वित्तीय संघीयता समन्वय महाशाखा, कानून तथा फैसला कार्यान्वयन महाशाखा र योजना, अनुगमन तथा मूल्यांकन गरी ९ वटा महाशाखा रहेको अर्थ मातहतकै निकायमा पर्दछ आन्तरिक राजश्व विभाग,भन्सार विभाग यी दुई विभाग मातहत पनि आन्तरिक राजश्वमा डिजीसहित ५ र भन्सारमा डिजीसहित ३ सहसचिवको दरबन्दी छ । यो निकाय अर्थ मन्त्रालय अन्र्तगतकै आकर्षक निकाय हो ।
जहाँ माओवादी निकटका शिवलाल तिवारीलाई आन्तरिक राजस्व विभाग र भन्सार विभागमा ढुण्डी निरौला हाकिम छन् । उनीहरुलाई हटाएर ती ठाउँमा एमाले निकटका कर्मचारी पठाउने तयारी भइरहेको छ ।निवर्तमान अर्थमन्त्री वर्षमान पुनले गत चैत १४ गते शिवलाल तिवारीलाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाएका थिए । चैत १४ गते नै पुनले ढुण्डी निरौलालाई भन्सार विभागको महानिर्देशक बनाएका थिए ।अर्थ मन्त्री पौडेलले दुबै विभागमा पार्टी लाइन अनुसारको कर्मचारी पठाउने निश्चित छ ।
अर्थ मन्त्रालय स्रोतका अनुसार सुमन दाहाललाई राजश्व अनुसन्धान विभाग,धनिराम शर्मालाई आन्तरिक राजश्व अनुसन्धान विभागको डिजी बनाइने तयारी चल्दैछ । यस्तै दीर्घ मैनालीले भन्सार विभाग जानेगरी चाँजोपाँचो मिलाइसकेका छन् । निजामती वृत्तमा दीर्घ यस्ता कर्मचारी हुन जो ठूला कार्यालयमा बस्न नपाए छटपटीमै पर्ने हाकिममा पर्दछन् । यस अघि राजश्व अनुसन्धान विभाग,आन्तरिक राजश्व विभागको नेतृत्व गरिसकेका मैनाली भन्सारमा जानेगरी चाँजोपाँचो मिलाइसकेको स्रोतको दावा छ ।
यस्तै मदन दाहाललाई सम्पत्ति शुद्धीकरण र सेवन्तक पोखरेल र चण्डिका भट्टलाई ठूला करदाता कार्यालयमा लैजाने मोटामोटी सहमति भइसकेको छ । यसरी तारान्तार महत्वपूर्ण जिम्मेवारी पाउने कर्मचारी हुन श्रीकृष्ण नेपाल । जो अहिले अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका अलवा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाको हाकिम छन्,उनी अर्थका पावरफुल सहसचिवमा गनिन्छन् । यस अघि २०७९ पुस १० गते अर्थमन्त्री भएपछि विष्णु पौडलले २०७९ माघ १८ गते श्रीकृष्ण नेपाललाई अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिएका थिए । त्यसअघि २०७४ सालमा वाम गणबन्धनको सरकारबनेपछि २०७८ बैशाखसम्म नेपाल अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख थिए । २०७७ सालमा नेपाललाई सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयमा सरुवा हुँदा उक्त सरुवा बदर गर्न लगाएका थिए ।काँग्रेसका अर्थमन्त्री हुँदा समेत उनले काँग्रेसीलाई रिझाएर त्यही टिक्न सफल भए ।
पावरफुल मिनिस्ट्री भनिने अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग, आन्तरिक राजस्व विभाग,ठूला करदाता कार्यालय,उच्चस्तरीय कर कार्यालयको नेतृत्व फेर्ने सरकारको तयारीसंगै त्यहाँको चिफ बन्न सहसचिवहरुको दौडधुप शुरु भैसकेको छ । करिब आधा दर्जन सहसचिव त्यस्तो दौडमा रहेको बुझिन्छ ।अर्थ मन्त्रालय स्रोतका अनुसार यी ठाउँमा जानका लागि धनिराम शर्मा, मदन दाहाल, सुमन दाहाल, सेवन्तक पोखरेललगायतको नाम चर्चामा छ। धनिरामलाई आन्तरिक राजस्व विभागको महानिर्देशक, सुमनलाई राजस्व अनुसन्धान विभाग, सेवन्तक ठूला करदाता कार्यालयको प्रमुख बनाइने चर्चा अर्थ मन्त्रालयमा सुन्न थालिएको छ । यो प्रतिष्प्रर्धामा सुमन दाहाल,मदन दाहाल,दीर्घ मैनाली, सेवन्तक पोखरेलदेखि राजेश्वर ज्ञवालीसम्मका सहसचिवहरु प्रतिष्प्रर्धामा छन् ।