सीजी मोटर्सले नेपालमै पहिलोपटक ईभी ब्याट्री सीएटीएलको सर्भिस सेन्टर र ल्याब खोल्दै

चौधरी ग्रुप (सीजी) अन्तर्गतको सीजी मोर्टसले नेपालमा विद्युतीय सवारी (ईभी) ब्याट्रीको सर्भिस सेन्टर र ल्याब स्थापना गर्ने भएको छ । सीजीले विश्वकै ठूलो ईभी ब्याट्री निर्माता कम्पनी सीएटीएलको सर्भिस सेन्टर र ब्याट्री ल्याब स्थापना गर्ने भएको हो ।

बिज्ञापन

नेपालमा ईभीको बजार बढ्दै गएका बेला ग्राहकलाई सेवा दिन कम्पनीले सुविधा सम्पन्न ब्याट्री सर्भिस सेन्टर तथा ल्याब स्थापना गर्न लागेको बताएको छ ।

बिज्ञापन

यस कदमले ब्याट्रीलाई लिएर उत्पन्न आशंका मेट्दै ग्राहकलाई थप विश्वस्त पार्ने कम्पनीको विश्वास छ । ईभी ब्याट्री सर्भिस सेन्टर यसै वर्ष सन् २०२४ सेप्टेम्बरबाट सुरु हुने सीजीले जनाएको छ ।

सीएटीएलको प्राविधिक ट्रैनिङ लिएका दक्ष जनशक्तीमार्फत छुट्टै सर्भिस हबबाट दुवै सेवा उपलब्ध गराउने कम्पनीको भनाइ छ ।ब्याट्री सर्भिसमा उत्कृष्ट प्राविधिकले सर्भिस सेन्टरबाट सेवा दिने सीजीको भनाइ छ ।

बिज्ञापन

ईभीको बजारमा ३७ प्रतिशत हिस्सा ओगटेको सीएटीएल ब्याट्रीले नेपालमा दुई तिहाइ बजार हिस्सा रहेको दाबी गरेको छ ।

सीजी मोटर्सले उक्त सेन्टरबाट सीएटीएलको ब्याट्री जडित सबै ब्रान्डका ग्राहकलाई सेवा दिने बताएको छ ।

छोटो समयमै सुलभ मूल्यमा सबै ब्रान्डका ग्राहकले सेवा लिन सक्ने भएसँगै नेपालमा सीएटीएल ब्याट्री अझै लोकप्रिय हुने कम्पनीको विश्वास छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सल्लाहकारले सल्लाह दिन्छन कि ब्युरोक्रेसी हल्लाउछन् ?

१३ मन्त्रालयको कटौती,चार मन्त्रालयमा थपिए २२९ दरबन्दी

कुन सेवामा कति दरबन्दी कटौती ?

४७ उपसचिवको सरुवा : २३ लाई पठाइयो नगरपालिका, स्थानीय तहबाट १८ आए संघीय मन्त्रालय

वीवाइडीले कर छलेको पृष्टि : रसुवा भन्सारमा १९ करोड २७ लाख दाखिला

छोरीलाई बाँच्न देऊ

प्रशासनका २३,इन्जिनियरिङतर्फका २,कृषि १ सहित २७ सहसचिवको सरुवा

निजामती सेवा : सुशासनको मेरुदण्ड,जनभरोसाको आधार

बिशेष