प्रभु बैंकको अर्काे काण्ड :- मुद्धति खाताबाटै ग्राहकको सवा करोड गायब

एउटा नीजि बैंकमा राखिएको करोडौं बचत बैंककै कर्मचारीले झिकेर फरार भएको पाइएको छ । प्रसङ्ग हो झापा बिर्तामोडस्थित प्रभु बैंकको शाखा कार्यालयको । उक्त प्रभु बैंकको उक्त शाखामा मञ्जुकुमारी नेपालको सवा करोड बढी रकम गायब भएको पाइएको हो ।

बिज्ञापन

वचतकर्ता नेपालले ६ महिना मुद्धति खातामा उक्त शाखामा १ करोड १० लाख ४३ हजार रुपैयाँ जम्मा गरेर आफ्ना अमेरिकामा रहेका छोरा–बुहारी भेट्न उता गएकी थिइन । स्वदेश फर्किएर रकम निकाल्न खोज्दा दुई लाख रुपैंयाँ मात्र बचत रकम रहेको पाइएको हो ।

बिज्ञापन

बैंकका मार्केटिङ म्यानेजर प्रमोद सिटौलाले बचतकर्ता नेपालको एक करोड १७ लाख रुपैयाँ गायब पारेपछि बेपत्ता भएका बताइएको छ । उनी बुधबार बिहानदेखि सम्पर्कविहीन छन् । यो प्रकरणपछि प्रभु बैंकको केन्द्रीय कार्यालयले छानबिनका लागि टोली त्यसतर्फ खटाइसकेको छ ।

पेशाले पत्रकार टिकाराम (मञ्जुका श्रीमान)ले बैंकसँग आफ्नो पैसा फिर्ता मागेका छन् । उता जिल्ला प्रहरी कार्यालयमा मार्केटिङ म्यानेजर सिटौलाविरुद्ध जाहेरी दर्ता गराएका छन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्व सचिव थापालाई सेवा आयोग अध्यक्षको जिम्मेवारी

पूर्व प्रबन्ध निर्देशक साह भ्रष्टाचारी ठहर

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

बिशेष