प्रभु बैंकको अर्काे काण्ड :- मुद्धति खाताबाटै ग्राहकको सवा करोड गायब

एउटा नीजि बैंकमा राखिएको करोडौं बचत बैंककै कर्मचारीले झिकेर फरार भएको पाइएको छ । प्रसङ्ग हो झापा बिर्तामोडस्थित प्रभु बैंकको शाखा कार्यालयको । उक्त प्रभु बैंकको उक्त शाखामा मञ्जुकुमारी नेपालको सवा करोड बढी रकम गायब भएको पाइएको हो ।

बिज्ञापन

वचतकर्ता नेपालले ६ महिना मुद्धति खातामा उक्त शाखामा १ करोड १० लाख ४३ हजार रुपैयाँ जम्मा गरेर आफ्ना अमेरिकामा रहेका छोरा–बुहारी भेट्न उता गएकी थिइन । स्वदेश फर्किएर रकम निकाल्न खोज्दा दुई लाख रुपैंयाँ मात्र बचत रकम रहेको पाइएको हो ।

बिज्ञापन

बैंकका मार्केटिङ म्यानेजर प्रमोद सिटौलाले बचतकर्ता नेपालको एक करोड १७ लाख रुपैयाँ गायब पारेपछि बेपत्ता भएका बताइएको छ । उनी बुधबार बिहानदेखि सम्पर्कविहीन छन् । यो प्रकरणपछि प्रभु बैंकको केन्द्रीय कार्यालयले छानबिनका लागि टोली त्यसतर्फ खटाइसकेको छ ।

पेशाले पत्रकार टिकाराम (मञ्जुका श्रीमान)ले बैंकसँग आफ्नो पैसा फिर्ता मागेका छन् । उता जिल्ला प्रहरी कार्यालयमा मार्केटिङ म्यानेजर सिटौलाविरुद्ध जाहेरी दर्ता गराएका छन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष