एभरेष्ट बैंक र एसबी सोलुसन्सबीच सहकार्य

एभरेष्ट बैंक लिमिटेडले क्रेडिट स्वचालन प्रणाली (क्रेडिट–एक्स) लागु गरी सञ्चालनमा ल्याएको छ । उक्त प्रणाली लागु गर्ने सम्झौतामा एभरेष्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एसबी सोलुसन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जोग मिश्राले साउन ७ गते आ–आफ्नो संस्थाका तर्फबाट हस्ताक्षर गरेका हुन् ।

बिज्ञापन

यस प्रणालीले आन्तरिक कर्जा स्वीकृति व्यवस्थापन, कर्जा कार्यप्रवाह, जोखिम मूल्याङ्कन, कर्जाका कागजातहरू र कर्जा स्वीकृतिको प्रक्रियाहरूलाई स्वचालित र डिजिटाइज गर्न मद्दत गर्ने बैंकले जनाएको छ । यस प्रणालीको परिचयसँगै, बैंकहरूले कागजमा निर्भर कर्जा प्रवाहलाई प्रतिस्थापन गर्न सक्नेछन् । साथ,ै ग्राहकहरू सम्बन्धी जोखिम मापदण्डहरू प्रणाली भित्रै निगरानी गरेर कर्जा जोखिम न्यून गर्न सक्षम हुनुका साथै छिटो कर्जा स्विकृती प्रक्रियामा सहयोग हुने बैंकले उल्लेख गरेको छ ।

बिज्ञापन

एसबी. सोलुसन्स प्रा.लि. फिनटेक र बैंकिङ उत्पादनहरू र प्रक्रियाहरूको कर्जा डिजिटाइजेशन र स्वचालनमा काम गर्दै आएको छ । यसमा क्रेडिट स्वचालन प्रणाली (क्रेडिट–एक्स), अनलाइनकर्जा योग्यता, इन्टा लोन, पेडे लोन, अनलाइन खाता खोल्ने, कागजात व्यवस्थापन प्रणाली, विक्रेताहरू व्यवस्थापन प्रणाली, व्यवसाय बैंकिङ प्रणाली र ग्यारेन्टीहरूको स्वचालन, मेमो व्यवस्थापन प्रणाली, बजेट व्यवस्थापन प्रणाली र मोबाइल अनुप्रयोग आदि जस्ता उत्पादनहरूको चयन गरिएको छ । हाल २५ भन्दा बढी वित्तीय संस्थानहरू र कर्पोरेट घरानाहरूले एसबी. सोलुसन्स प्रालिद्वारा निर्मित प्रणालीहरू प्रयोग गर्दै आएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

४१ खरिदार र १३८ नासुसहित १७९ कर्मचारीको सरुवा

अष्ट्रेलिया पुगेका उपसचिवको नेपालमा हाजिर,को- को जाकिन्छन् कीर्तेमा ?

अष्ट्रेलियामा सेकुवा बनाउँदै, नेपालमा तलब खाइरहने सरकारी डाक्टर

त्रिवि अध्यागमनमा अधिकृत र उपसचिवको दरबन्दी थप्ने तयारी

वैदेशिक रोजगार विभागभित्र १३ जना विचौलिया नियन्त्रणमा

डोल्मालाई ८८ करोड कर छुटदिएपछि मौरिसससँगको दोहोरो करमुक्ति सम्झौता खारेज

नक्कली प्रमाणपत्रले सरकारी जागिर खाएको सब–इन्जिनियर विशेष अदालतमा तानिए

भन्सारको संसार,विकृती भरमार

बिशेष