भन्सारका कर्मचारीको दैनिक ३ लाखसम्म अवैद्य असुल,प्रवक्ता भन्छन् ;-‘नयाँ हुँ,थाहा छैन’

बर्सनुपर्ने थियो कारवाहीको डण्डा तर गरियो उल्टै पुरस्कृत । एउटा भन्सार कार्यालयका हाकिम हुँदा बदमासीमा मुछिएका व्यक्तिलाई उल्टै पुरस्कृत गर्दै अर्काे भन्सारको हाकिम बनाएरु पठाइयो । अहिले सोही कार्यालयबाट अवैद्य रुपमा रकम असुली भइरहेको बिषय सिंहदरबारसम्म आइपुगेको छ ।

बिज्ञापन

राजस्व अनुसन्धान विभागले भन्सार छली गरी ल्याइएका सामानसहित (२ वटा ट्रक) कन्टेनर बरामद गरेपछि रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मी छानबिनमा तानिए । रेग्मीले एउटा सामान ल्याए पनि ब्यापारीसँग सेटिङ गरी अर्कै सामान ल्याएको घोषणा गरेका ट्रक राजस्वले बरामद गरेको हो । ट्रकमा पाइन्ट ल्याइएको भए पनि भन्सार कार्यालयका प्रमुख रेग्मीले ट्राउजर घोषणा गरेका थिए । पाइन्ट महंगो हुने भएकाले भन्सार महसुल बढी तिर्नुपर्छ, ट्राउजर सस्तो भएकाले कम तिर्नुपर्छ । पाइन्ट र ट्राउजरको मूल्यमा भारी अन्तर हुन्छ । यसरी सरुवा भन्सारमा छँदा बदमासीमा मुछिएर तानिएका रेग्मीलाई हुनुपर्ने थियो कारवाही तर अर्काे आकर्षक मेचीनगर भन्सार कार्यालयको जिम्मेवारी दिएर पठाइयो ।

बिज्ञापन

सात महिना अगाडि झापास्थित मेचीनगर भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकलाई रसुवा पठाएर झापास्थित मेचीनगर भन्सारमा खटाइयो रामप्रसाद रेग्मीलाई । भन्सारका हाकिमहरुको कर्मचारी साटफेरमा व्यवसायीहरुको ठूलो हात थियो भन्छन्,भन्सारकै कर्मचारीहरु । रेग्मीलाई झापा खटाइएसँगै त्यहाँका कर्मचारीहरुले अवैद्य रुपमा घुस उठाइरहेको बिषय अहिले सिंहदरबारसम्म आइपुगेको छ । राजश्व प्रशासनमा दाम र नाम दुबै मज्जाले कमाउन सफल रेग्मी हाकिम भएको उक्त कार्यालयका कर्मचारीहरुले दैनिक रुपमा अवैद्य शीर्षकमा लाखौं रकम घुस असुल गरिरहेको उजुरी प्रधानमन्त्री कार्यालयसम्म पुगेको हो ।

उनीहरुले कानुनले नचिन्ने कर्मचारी कोष र जाँचकी कोष शीर्षकमा दैनिक तीन लाखसम्म नजराना असुल्ने गरेको उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुरेको एक अधिकृतले कर्मचारी प्रेसलाई जनाएका छन् ।

बिज्ञापन

भन्सारसँग सम्बन्धित कुनै ऐन,कानुन,नियम,नियमावलीले नचिन्ने जाँचकी कोष र कर्मचारी कोष शीर्षकमा दैनिक घटीमा एक लाखदेखि बढीमा तीन लाखसम्म असुली गरिने र सो रकम कर्मचारीहरुबीच नै भागबण्डा हुने गरेको भन्दै उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयममा परेको छ । जाँचकी कोष शीर्षकमा रकम असुल्ने धन्दामा त्यहाँका खरिदार,सुब्बा तहका कर्मचारी अगाडि सारिने गरेको बताइएको छ ।

उक्त नाकाबाट आयात तथा निर्यात हुने बस्तुको जाँच्पास गर्दा जाँचकी फण्डका नाममा प्रति गाडी एक हजारदेखि तीन हजारसम्म असुल्ने काम भइरहेको उजुरी प्रधानमन्त्री कार्यालयमा पुगेको हो ।
यता यो बिषयमा त्यहाँका प्रमुख राप्रसाद रेग्मीसँग सम्पर्क राख्दा उनी सम्पर्कमा आउन चाहेनन् । त्यहाँका प्रवक्ता गणपति कँडेलले आफू नयाँ भएको हुँदा यो बिषयमा केही जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पत्रकारलाई ‘दलाल’को बात,गृहमन्त्रीका ‘पूर्व पिए’ सिडिओलाई आपत

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

बोस्टनमा गुन्जिदै नेपथ्य ब्याण्ड

तीन दिनभित्रैमा पारित गर्ने भनिएको निजामती विद्येयकमा अझैं छन् दर्जन असहमति

सिंहदरबारमा ‘चन्दने’को आतंक,भूमि र सामान्यका कर्मचारी सरुवामा हावी

मुख्य सचिवको अभिव्यक्तिले कर्मचारी ‘आगो’,आन्दोलनका कार्यक्रम घोषणा

सिंहदरबारको ‘कुरुप चित्र’ :- शासक- प्रशासकको असली चरित्र !

चालु आर्थिक बर्षको ९ महिनामा कुन बैंकले कति कमाए नाफा ?

बिशेष