सशस्त्र प्रहरीले निकाल्‍यो छुट्टाछुट्टै घटनामा मृत्यु भएका ४ जनाको शव

साउन ४ गते कास्की जिल्लाको पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई जना र मुस्ताङमा माटोको ढिस्कोमा पुरिएको दुई गरी ४ जनाको शव सशस्त्र प्रहरीले निकालेको छ ।

बिज्ञापन

पोखरा महानगरपालिका–१ मोहरिया टोल बस्ने १८ वर्षिय प्रकृत बुद्धचार्य र पोखरा महानगरपालिका–२ बाग्लुङ्ग बसपार्क बस्ने १८ वर्षिय स्वयम ताम्राकार पौडी खेल्ने क्रममा सो नदिमा डुवेर बेपत्ता भएको थिए ।

बिज्ञापन

घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोरसहितको टोलीले उनीहरुको शव फेला पारेको हो । फेला परेका दुवै जनाको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाईएको छ ।
यसैगरी मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका–५ धुम्वा तालस्थित नाली बनाउने ट्रयाक खन्ने क्रममा माटोको ढिस्कोले पुरिएका दुई जनाको शव साउन ४ गते नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाको सहयोगमा निकालिएको छ । सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१५ बस्ने १९ वर्षिय होम बहादुर बुढाथोकी र दाङ्ग जिल्लाको गढवा गाउँपालिका–१ बस्ने ३० वर्षिय रवि दर्लामी मगरलाई नाली खन्ने क्रममा माटोको ढिस्कोले पुरेको थियो ।

सो घटानबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङबाट खटिएको सुरक्षा फौज उनीहरुको खोजीकार्यमा जुटेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

भोटेकोशी प्रलयमा परी १६० राष्ट्रसेवक वेपत्ता,चारको मृत्यु

उपसचिव सिडियो,उनकै मातहतमा खटाइयो सहसचिव

निजामती सेवा दिवसका सम्पूर्ण कार्यक्रम रद्ध

बिशेष