धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी महेश बराललाई

नेपाल धितोपत्र बोर्ड अध्यक्ष हैसियतमा महेश बरालले जिम्मेवारी लिएका छन् । बरालले अर्थमन्त्री बिष्णुप्रसाद पौडेल समक्ष बिहीबार पद तथा गोपनीयताको सपथ लिई पदबहाली गरेका हुन् ।

बिज्ञापन

मन्त्रीस्तरीय निर्णयानुसार सहसचिव बराल बोर्डको संचालक सदस्यमा मनोनयन भएका थिए । उनले बिहीबार नै धितोपत्र बोर्डमा गएर पदबहाली गरेका छन् । धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्ने व्यवस्था बमोजिम उनी अध्यक्ष तोकिएका हुन् । उनी बोर्ड अध्यक्षको साथै हाल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको रूपमा समेत कार्यरत छन् ।

बिज्ञापन

पदबहाली पछि आयोजित स्वागत कार्यक्रममा बोर्ड अध्यक्ष बरालले सूचीकृत संगठित संस्था तथा बजार सहभागीहरूको संस्थागत सुशासन, बोर्ड तथा बोर्डमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि, बजारको विकास, विस्तार र स्थायित्वमा जोड दिंदै सम्पूर्ण कर्मचारीहरूलाई तोकिए बमोजिमको जिम्मेवारी निर्भिकतापूर्वक सम्पादन गर्न निर्देशन समेत दिएका छन् ।

उनले कानुन, तुलनात्मक स्थानीय विकास र जनप्रशासनमा स्नातकोत्तर गरेका छन् । २०५९ सालदेखि शाखा अधिकृतबाट सरकारी सेवा प्रारम्भ गरेका उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय योजना आयोग, सामाजिक सुरक्षा कोष र सार्वजनिक खरिद अनुगमन कार्यालयमा काम गरेका छन् । यस्तै गोरखा, सिन्धुपाल्चोक र बैतडीमा स्थानीय विकास अधिकारी तथा बनेपा, धुलिखेल, पोखरा, भरतपुर र मध्यपुर ठिमी नगरपालिका, पोखरा महानगर पालिका, भूमि मन्त्रालय, कम्पनी रजिस्ट्रारको कार्यालय हुँदै हाल हाल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको रूपमा समेत कार्यरत छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष