साथीहरु नाच्दानाच्दै सैनिक सुइँकुच्चा

नेपाली सेनाको तल्लो तहका कर्मचारी हराउने क्रम ह्वात्तै बढेको छ । हरेक महिना दर्जन बढी सैनिक बेपत्ता हुने गरेका छन् । कोही घर बिदामा निस्किएर फर्किदैनन् त कोही तारबार नाघेर कुलेलम ठोक्छन् । रणशेर गणमा कार्यरत सिपाही अनिश देवान बेपत्ता भएको दुई साता बितिसकेको छ । इलामको साविक नामसालिङ्ग गाविस–८, नौलेगाउँका उनी नारायणप्रसादका नाति एवं ताराबहादुरका छोरा हुन् ।

बिज्ञापन

गत माघ ११ गतेदेखि छुट्टीमा थिए ।  माघ २२ गते हाजिर हुनुपर्ने उनी सो दिनदेखि देखा परेका छैनन् । सेनानी किशोरकुमार श्रेष्ठले उनी फेला परेमा पक्राउ गरेर जानकारी गराउन प्रहरी गुहारेका छन् । उपचारका लागि पठाइएका अर्का एक सैनिक पनि यसैगरी भागेका छन् । सिपाही नवराज बस्नेत अस्पताल नगई बीच बाटोबाटै सुइँकुच्चा ठोकेका हुन् । छालासम्बन्धी समस्या देखिएपछि उनलाई गत माघ २२ गते उपचारका लागि नेपालगञ्जस्थित सैनिक अस्पताल पठाइएको थियो । जुम्लाको तिला गाउँपालिका–१, रारा लिही बस्ने पराने बस्नेतका नाति एवं टेकबहादुरका छोरा उनी देवीदल गणमा कार्यरत छन् ।

बिज्ञापन

सोही दिन बेलुकी ५ बजे हाजिर हुनुपर्ने उनको अहिलेसम्म कुनै अत्तोपत्तो छैन । अर्का सैन्य भने ब्यारेकको पेरिमिटर नाघेर भागेका छन् । गत माघ २२ गते भागेका सैन्य रूपेश कार्की अहिलेसम्म सम्पर्कविहिन छन् । सिंहनाथ गण (कमाण्डो) मा गत माघ १७ गतेबाट सञ्चालित सि.सं. ५२ सैन्य आधार तालिममा तालिमरत उनी अन्यले नाचगान गरिरहेको मौकाको फाइदा उठाएर भागेका हुन् । उदयपुरको चौदण्डीगढी नगरपालिका–४, श्रीलंका टोल बस्ने भक्तबहादुर कार्कीको नाति एवं दुर्गाबहादुरको छोरा उनको खोजी भइरहेको छ । अर्का भगौडा सैन्य हुन्, प्रेमबहादुर बिक ।

गोरखदल गणमा सञ्चालित सि.सं.६ सैन्य आधार तालिमकै वीच उनी पनि ब्यारेकको हाता नाघेर भागेका हुन् । गत माघ १५ गते कसैले सुइँको नपाउने गरी कुलेलम ठोकेका उनी दैलेखको नौमुले गाउँपालिका–७, पैती बस्ने कमारो कामीको नाति एवं रामबहादुरको छोरा हुन् । उनलाई खोज्न सहसेनानी मोहनकुमार चौधरीले प्रहरी गुहारेको बुझिएको छ । रौतहटका विक्रम साह पनि तालिम बीचमै छोडेर टाप कसेका छन् ।

बिज्ञापन

कालीभञ्जन गणमा तालिमरत उनी गत माघ २६ गते ब्यारेकको हाता नाघेर भागेका । उनी गत पुस १७ गतेदेखि सञ्चालितसैन्य आधार तालिममा थिए । गरुडा नगरपालिका–८ बस्ने रामअयोध्या साहको नाति एवं मनोजको छोरा उनी अहिलेसम्म पनि सम्पर्कविहिन छन् । तारबार नाघेर भाग्ने अर्का सैन्य युवराज राई पनि हुन् ।

उदयपुरको कटारी नगरपालिका–७ बस्ने खड्गबहादुर राईको नाति एवं नेत्रबहादुरको छोरा उनी गत माघ २३ गतेदेखि बेपत्ता छन् । उनी त्रिनेत्रदल गणमा जारी सि.सं.५ सैन्य आधार तालिममा तालिमरत थिए । घरबिदामा गएका ब.क.सि लालबहादुर सिंह हराएका छन् । धनगढीस्थित फिल्ड अस्पतालमा कार्यरत उनी कार्यालय नफर्किएपछि सेनाले खोज्न थालेको छ ।

बझाङको खप्तड छान्ना गाउँपालिका–७ का कान्तिरेबहादुर सिंहको नाति एवं चक्रबहादुरको छोरा उनी एक दिन घरबिदा मागेर गत माघ २६ गते अस्पतालबाट निस्किएका थिए । भोलिपल्टै फर्किनुपर्ने थियो । तर, हालसम्म पनि हाजिर हुन नआएको बुझिएको छ । जनआस्थाबाट

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन असार मसान्त अगावै अनिवार्य अवकाशमा जान लागेका १४ सहसचिव

आज ललितपुर महानगरपालिकामा स्थानीय बिदा

काँग्रेस-एमाले सरकार बनेयता १३३ नियुक्ति,ठूला पद जति काँग्रेसलाई

खेलकुद पत्रकार मञ्चमा अधिकारी

पाकिस्तानमा तालिमप्राप्त नेपाली सैनिक अधिकृतको भेला

पाकिस्तानमा रहेका कर्मचारीलाई सुरक्षित स्थानमा जान अमेरिकाको निर्देशन

National Security Council reviews India-Pakistan latest developments

कासमूको सक्कल पठाइदिन सामान्यको परिपत्र

बिशेष