वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद

सञ्जय मिश्रा

बिज्ञापन

वीरगन्ज- वीरगन्जमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारको टोलीको सक्रियतामा एकै दिनमा झण्डै १५ लाख रुपैयाँको भन्सार छलीको सामान बरामद गरिएको छ।

बिज्ञापन

प्रस्तावित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रमुख डिएसपी सुरज रिजालको कमाण्डमा गएको गस्ती टोलीले भन्सार क्षेत्रबाट भारतीय नम्बरको स्कुटीमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको १ लाख ४३ हजार बराबरको अबैध सामान मंगलबार बरामद गरेको छ।

त्यस्तै, बिशेष सूचनाको आधारमा डिएसपी रिजाल, वीरगन्ज भन्सार कार्यालयका नायब सुब्बा विष्णुप्रसाद चौधरी, जिल्ला प्रहरी कार्यालय पर्साका इन्स्पेक्टर विजय चौहानलगायत सशस्त्र प्रहरीको विभिन्न युनिटबाट गएको टोलीले वीरगन्ज-१६ स्थित रिमा अग्रवालको घरको दोस्रो तलामा भगवान यादवको  गोदाममा छापा मारेको थियो।

बिज्ञापन

गोदाममा अवैध रुपमा भण्डारण गरिएको तीन लाख, १८ हजार ८०० बराबरको मल, सिलाउने मेसिन २ थान बरामद गरेको छ।

संयुक्त टोलीले मंगलबार साँझ वीरगन्ज-२ छपकैयामा भण्डारण गरिराखेको १० लाख बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरीका डिएसपी सुरज रिजालले जानकारी दिएका छन्।

झण्डै १५ लाख बराबरको बरामद अबैध सामानहरू मंगलबार अबेर साँझ वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी प्रस्तावित गुल्मले जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष