चन्द्रागिरी केवलकारमा फेरि अड्किए यात्रु

काठमाण्डौको चन्द्रागिरी केवुलकारमा समस्या आउँदा यात्रु केवलकारमै अड्किएका छन् । निरन्तर विद्युत अवरुद्ध हुँदा वैकल्पिक उपायका रुपमा कम्पनीले जेनेरेटर चलाएर अलपत्र परेका यात्रुको उद्धार गर्ने प्रयास गरे पनि उक्त प्रयास असफल भएपछि अहिले प्रहरीको सहयोग लिएर यात्रुको उद्धार गर्न खोजिएको छ ।

बिज्ञापन

चन्दागिरी केवलकार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको कम्पनी हो । चन्द्रागिरी केवलकारमा पटक पटक विद्युत अवरुद्ध हुँदा यात्रुहरुको विल्लीबाठ हुँदै आएको छ । सशस्त्र प्रहरीका अनुसार केवलकारमा अड्किएका यात्रुका उद्धारका लागि सशस्त्र प्रहरीको नम्बर ९ पशुपतिनाथ बाहिनीबाट ११ जनाको सशस्त्र प्रहरीको टोली चन्द्रागिरितर्फ गएको छ ।प्रहरीका अनुसार,स्टेसननजिक रहेका ८ जना यात्रुको भर्‍याङ लगाएर उद्धार गरिएको छ भने बाँकी जंगलको बीचमा रहेका यात्रुको उद्धार गर्न कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

यस अघिका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चढेको केबलकार चन्द्रागिरीमा घण्टौं अड्किएको खबर बाहिरिएको थियो ।  परिवारसहित चन्द्रागिरी पुगेका उनीहरु केबलकार बीचमै अड्किएको हो । विद्युत आपूर्तिमा समस्या हुँदा अरु केही केबलकारहरू बीचमै अड्किएको थियो,गत बर्ष ।

चन्द्रागिरीमा समय समयमा यस्तो समस्या देखिँदै आएको छ । यस अघि ३७ जना यात्रु तीन घण्टासम्म केवुलकारमा वन्धक वनेका थिए । सामान्य समयमा १० मिनेटको यात्रा प्राविधिक गडबडीपछि घण्टौ लाग्ने गरेको छ ।जसले केवलकार चढेर भोलेश्वर बाबाको दर्शन गर्न हिडेका र दर्शन गरेर फर्किएका यात्रुहरुको विचल्ली हुने गरेको छ ।

बिज्ञापन

चन्द्र ढकाल यस्ता व्यवसायी हुन कि नेता र कर्मचारीलाई फकाएर एक पछाडि अर्काे डाँडा कब्जा गर्दै केवलकार सञ्चालन गरिरहेका छन् । केपी शर्मा ओली,शेरबहादुर देउवादेखि प्रचण्डसम्मको विश्वास जित्न सफल बागलुङ्गे चन्द्र ढकालले भोलेश्वर बाबाको नाममा ०७३ सालमा चन्द्रागिरी केवलकार सञ्चालनमा ल्याएका हुन । शासकदेखि प्रशासकहरुलाई हातमा लिएर उनले कौडीको भाउमा चन्द्रागिरी डाँडो नै हत्याए । तत्कालीन वनमन्त्री दीपक बोहरालाई प्रयोग गरी कौडीको चन्द्रागिरीको डाँडो नै हत्याएका थिए । उनले प्रतिरोपनी रु २१ मा ४० बर्षसम्मका लागि लिजमा हत्याउन सफल भएका छन् । ३६ रोपनी जमिन कौडीको भाउमा हात पारेका हुन ढकालले । सम्झौता पत्र अनुसार चन्द्रागिरी केवलकारले शुरुको वर्षमा वार्षिक १ लाख ८० हजार अर्थात प्रति महिना २१ रुपैयाँ तिर्ने गरी सम्झौता भएको भेटिन्छ । कौडीको भाउमा ३६ हजार हेक्टर जमिन हत्याएर ढकालले त्यहाँ अहिले केवलकार, भ्युटावर, रिसोर्टलगायत विभिन्न उद्योग चलाउँदै आएको छ ।

यस पछि चन्द्र ढकाल केवलकारमा लगानी गर्न हौसिदै आएका छन् । ढकालको समूहले बुटवलको गोलपार्कदेखि पाल्पाको वसन्तपुर डाँडासम्ममा हाल निर्माणाधीन अवस्थामा रहेको लुम्बिनी केवलकार,नवलपरासीको मौलाकालिकामा, पोखरा,कर्णालीको चिसापानी,स्वर्गद्धारीमा केवलकार बनाउने खेलोमेलो मिलाइसकेका छन् ।

ढकालले ताप्लेजुङमा बनाउन लागेको पाथिभरा दर्शन केवलकार प्रा लि निर्माण गर्न लाग्दै छन् । त्यहाँ स्थानीयको अवरोध गर्दै आएका छन् ।

यस्तै ढकालकै लगानीमा अर्को केवलकार निर्माण हुँदैछ सिक्लेस अन्नपूर्ण केबलकार प्रालिले मादी गाउँपालिका–१ को सिक्लेस गाउँस्थित प्वरयुममा तल्लो स्टेसन, वडा नम्बर २ को धर्मशालानजिक बीचको स्टेसन र वडा नम्बर २ कै डाँडामा माथिल्लो स्टेसन रहने गरी ६ दशमलव ४१६ किलोमिटर लामो केबलकार निर्माणका लागि प्रक्रिया अगाडि बढाएको छ । उनी सातै प्रदेशमा सात वटा केवलकार निर्माण गर्ने घोषणा गर्दै हिडिरहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

‘कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्ने गरी निजामती ऐन आउँछ’ : सभापति खतिवडा

‘मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिवको व्यवस्था नराखौं’ : अर्थ सचिव उपाध्याय

कुलिङ पिरियड र अतिरिक्त सचिवको बिषयमा सहमति जुटाउन राज्यव्यवस्था समितिलाई सकस

बिशेष