लीला गडतौलालाई कायम मुकायम मुख्य सचिव बनाउने सरकारको निर्णय

सरकारले निमित्त मुख्यसचिव लिलादेवी गड्तौलालाई कायममुकायम (कामु) मुख्यसचिव बनाएको छ।

बिज्ञापन

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।

बिज्ञापन

यसअघि मुख्यसचिव रहेका डा. वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बिन भएका थिए। अर्याल निलम्बित भएसँगै सरकारले गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिएको थियो।

आज बसेको केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले पूर्ण जिम्मेवारीसहित गड्तौलालाई कामु मुख्यसचिव बनाउने निर्णय गरेको हो।

बिज्ञापन

यससँगै उनी नेपालको पहिलो महिला कायम मुकायम मुख्य सचिव बन्न पुगेकी छिन् । कानुनमा पोख्त गड्तौला नेतृत्व क्षमतामा अब्बल सचिवका रूपमा चिनिन्छिन् ।गड्तौला आउँदो भदौ १४ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछिन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष