नेकपा एमाले र काँग्रेसबीच मन्त्रालयको भागबण्डा टुंगिएको बताइएको छ । साना दलहरु समेत सरकारमा सहभागी हुने भएका कारण काँग्रेस र एमालेले पाउने मन्त्रालयको संख्या घट्ने भएको छ । कांग्रेसले गृहसहित ९ र एमालेले अर्थसहित ८ मन्त्रालय लिने सहमति भएको छ ।
बिज्ञापन
सहमति अनुसार,काँग्रेसबाट एक जना र एमालेबाट एक एक जना गरी दुई उपप्रधानमन्त्री रहनेछन् । एमालेले अर्थ र काँग्रेसले गृह मन्त्रालय लिने मोटामोटी सहमति भइसकेको छ । एमालेबाट उपप्रधानसहित अर्थमा विष्णु पौडेललाई सरकारमा सहभागि गराउँदैछ । यस्तै काँग्रेसले प्रकाशनमान सिंहलाई उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्व गर्न खटाउँदैछ । कांग्रेसले गृह, परराष्ट्र, भौतिक, पर्यटन, स्वास्थ्य, सामान्य प्रशासन र वन मन्त्रालय लिने सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर काँग्रेस चार महिनापछि सत्तामा फर्किंदै छ । दुई दलबीच भएको भागबण्डाअनुसार कांग्रेसको भागमा ९ वटा मन्त्रालय परेको जनाइएको छ । त्यसैका आधारमा कांग्रेसभित्रको प्रतिपक्षी समूहले चार वटामा दावी गरेको हो ।
बिज्ञापन
गृहमा रमेश लेखक,परराष्ट्र आरजु राणा,भौतिक मन्त्रीका रुपमा प्रकाशनमान सिंह मन्त्री बन्दैछन् । यस्तै पर्यटनमा अर्जुननरसिंह केसी,स्वास्थ्यमा तेजुलाल चौधरी मन्त्री बन्ने तय भएको छ ।देउवालाई सभापति बनाउँदा सहयोग गरेका प्रकाशमानलाई उपप्रधानसहित सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने तय भए पनि उनले रक्षा,भौतिक वा शहरीजस्ता विकासे मन्त्रालय मागेपछि सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी काँग्रेसबाट कस्ले पाउने हो टुंगो लागिसकेको छैन ।
एमालेले अर्थ, शिक्षा, शहरी विकास, संचार, भूमि व्यवस्था, कृषि र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय लिने लगभग टुंगो लागेको छ ।
बिज्ञापन
यसैगरी अशोक राई नेतृत्वको जसपालाई श्रम तथा रोजगार र अरु साना दललाई महिला वालबालिका, खानेपानी र युवा खेलकुद दिने तयारी दुई दलको छ । जसपाबाट प्रदिप यादवको मन्त्री बन्ने सम्भावना छ ।
लोसपाबाट सर्वेन्द्रनाथ शुक्ल मन्त्री बन्ने बताइएको छ ।