त्रिशुली नदीमा खसेका दुई वटा बसको खोजी कार्य जारी

पहिरोले त्रिशुली नदीमा खसेका दुईवटा बसको खोजी कार्य जारी रहेको छ ।

बिज्ञापन

प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ सिमलतालमा पहिरोमा परि दुई यात्रुबाहक बस त्रिशुली नदीमा खसेका थिए । त्रिशुलीमा खसेका बसमा बिरगंजबाट काठमाडौं आउँदै गरेको विङर र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस रहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

बिरगंजबाट आएको बसमा २४ जना र गणपति डिलक्समा ४१ जना यात्रु गरी ६५ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

अहिले उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाटबाट ३५ जना र बिपद ब्यबस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोरसहित २० जना परिचालन भएका छन् । अहिले यात्रुको अवस्था अज्ञात रहेको र त्रिशुली नदीमा बसको खोजि कार्य तिब्र पारिएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भूमि व्यवस्थापन विभागमा ठूलो संख्यामा सरुवाको तयारी, लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढ्दै

स्थानीय तहमा खटाइएका २४ हाकिम बाटैबाट फिर्ता,१७९ ले सिंहदरबार छाड्नै मानेनन

लोक सेवा तयारीमा रणनीति, अनुशासन र मनोबल नै सफलता सूत्र: उपसचिव खगेन्द्र बर्देवा

७ उपसचिव र ५ शाखा अधिकृतको सरुवा : स्थानीय तहबाट ९ मन्त्रालयमा,२ लाई अन्तरपालिका

“स्पेक लकको सिन्डिकेट” : स्वास्थ्य सचिव डा. सुमित्रामाथि करोडौंको भ्रष्टाचार आरोपसहित अख्तियारमा उजुरी

भिजिट भिसा : पूरानो व्यवस्था खारेज,अब ६ महिनाको वैध पासपोर्ट भए पुग्ने

११ करोडको आइरन चक्की घोटाला: स्वास्थ्य सचिवमाथि गम्भीर आरोप

९ जना लेखा अधिकृतको सरुवा

बिशेष