खानेपानीको क्षेत्र सरकारको प्राथमिकतामा परेन :सचिव आचार्य

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले सरकारले खानेपानीलाई प्रर्याप्त बजेट नदिएको गुनासो गरेका छन् ।

बिज्ञापन

राष्ट्रिय सभा अन्तरगत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनले दिगो लक्ष्य हासिल गर्ने भनेर मात्र नहुने भन्दै त्यो हिसाबको बजेट पनि आवश्यक रहेको बताए ।

बिज्ञापन

उनले भने, ‘सरकारले खानेपानीलाई प्रर्याप्त बजेट दिदैन । दिगो लक्ष्य प्राप्त गर्ने खालको बजेट हामीलाई प्राप्त हँदैन् । त्यसले गर्दा खानेपानीको सवालमा सरकार र राज्यको पनि ध्यान कम देखिएको छ ।’यसको साथै, उनले खानेपानी जस्तो आधारभूत कुरालाई नियमावलीको पहिलो नम्बरमा राख्नु पर्ने भन्दै नियमावली संसोधनको काम छिटो भन्दा छिटो गर्न आग्रह पनि गरेका छन् ।

उनले भने, ‘खानेपानी सम्बन्धी नियमावली छिटोभन्दा छिटो संसोधनको प्रक्रियामा अगाडि बढ्नु पर्छ । खानेपानी जस्तो आधारभूत कुरालाई उहाँहरुको नियमावलीको प्राथमिकतामा पनि ४ नम्बरमा रहेछ त्यसलाई पनि एक नम्बरमा राख्नु पर्छ ।

बिज्ञापन

सिचाइभन्दा खानेपानी जहिले पनि अगाडि हुनुपर्छ । उहाँहरुले नियमावली संसोधन गर्ने प्रक्रिया अगाडि बढाउछु भन्नु भएको छ । जति छिटो यो काम हुन्छ त्यती हामीलाई सहज हुन्छ । यो पाइपलाइन विस्तारको काम उहाँहरुको स्वीकृती विना गर्न सकेका छैना त्यही भएर खानेपानीको क्षमता बढ्न सकेको छैन् ।’

उनले अहिले मेलम्चीको पानी बन्द भएको र बागमतीको पानीमा पनि धेरै फोहोर र लेदो भएको कारणले प्रशोधन गर्न नसकेको भन्दै करिब ७ करोड लिटर मात्र पानी काठमाडौंमा आपूर्ती भइरहेको पनि जानकारी दिएका छन् ।

उनले भने, ‘काठमाडौंमा लोकल स्रोतहरुबाट झण्डै १०, १२ करोड लिटर पानी उत्पादन गरिरहेका थियौं । यो साल वर्षा लगातार भएको हुनाले अहिले ६, ७ करोड लिटर पानी मात्र काठमाडौंमा आपूर्ती गरिरहेका छौ । पानीको संकट बढ्दो छ । अहिले मेलम्ची बन्द छ, बागमतीको पानीमा पनि धेरै फोहोर र लेदो भएको कारणले प्रशोधन गर्न नसकेको अवस्था छ यो सबै कारणले गर्दा ६, ७ करोड लिटर मात्र पानी काठमाडौंमा आपूर्ती भइरहेको छ ।’

बैठकमा दिगो विकास लक्ष्य नं ६ अन्तर्गतको दिगो स्वच्छ खानेपानी व्यवस्थापन गर्ने सम्बन्धमा काठमाडौं उपत्यकाभित्र खानेपानीको सहज आपूर्तिमा देखिएका समस्याबारे छलफल भएको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

बिशेष