सेनाका थरिथरिका यौनकाण्ड:- अर्का हाकिम यौनकाण्डमा समातिए

नेपाली सेनाका एक लेफ्टिनेण्ट कर्णेल केटीकाण्डमा मुछिएका छन्। लेफ्टिनेण्ट कर्णेल तुलबहादुर बोहोरा यस्तो प्रकरणमा मुछिएका हुन्।

बिज्ञापन

स्रोतका अनुसार उनलाई हाल सैनिक प्रहरीले हिरासतमा राखेको छ। आफ्नै कार्यालयकी महिला सैनिकलाई होटलमा बोलाएको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ। काठमाडौंको डिल्लीबजारस्थित बन्दोबस्ती अड्डामा कार्यरत उनले अनैतिक उद्देश्यसहित आफूलाई बोलाएको भन्दै महिला (बन्दोबस्ती कार्य सिपाही) ले उजुरी दिएकी थिइन्। त्यसलगत्तै सैनिक प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

बिज्ञापन

नेपाली सेनाका एक सहायक रथी (ब्रिगेडियर जनरल) पंकज कार्की र मेजर (सेनानी)लाई सैनिक अदालतले बर्खास्त गर्ने निर्णय गर्‍यो।यी दुई जनाबीचको यौन सम्बन्धलाई लिएर नेपाली सेनाको समरी सैनिक जनरल अदालतले सैनिक ऐन २०६३ अन्तर्गत दुवै जनालाई सेवाबाट हटाउने निर्णय गरेको हो।

सहायक रथी संगठनभित्रकै महिला अधिकृत र सैनिकलाई यौन दुर्व्यवहार गरेको काण्डमा बर्खास्त भएका छन् ।

बिज्ञापन

सैनिक संगठन भित्रकै महिला सैनिक अधिकृतसँग यौन दुर्व्यवहार गरेको प्रमाणित भएपछि तत्कालीन २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति पंकज कार्कीलाई नेपाली सेनाले १ बर्खास्त गरेको छ।कार्कीसँगै यौनकाण्डमा मुछिएका २ जना महिला सैनिकहरू समेत बर्खास्तीमा परेकी छन् ।

आफ्नै साथीकी छोरीलाई अनैतिक कार्य गर्न खोजेर जागीरबाट हात धोएका महासेनानी प्रेम थापापछि पूर्वी पृतना हटहरीका लेफ्टिनेन्ट कर्णेल सनिजकुमार रेग्मी आफू मातहतकी जमदारको संवेदनशील अंग मुसारेको अभियोगमा बर्खास्त भएका छन्।

त्यस्तै मेकानिकल इञ्जिनियरिङ तर्फ धनगढीमा कार्यरत एक जना मेजरले सेनाभित्रकै एकल महिलासँग फेसबुकमा नांगिने क्रममा उनकी छोरीको उजुरीको कारण घटुवामा परेपछि राजीनामा दिएका छन्।

सैनिक हस्पिटल छाउनीमा कुमाल थरकी महिला सिपाहीसँग शारीरिक सम्बन्ध राख्ने जमदार उत्सव महरासहित दुई जनाको पनि जागीर जानुका साथै ३/३ महिना जेल चलान गरिएको छ।

सेनामा प्ले ब्वाईको उपनामले चर्चित महासेनानी दीप सिंहले  राजीनामा दिएका छन्।प्रमुख सेनानी विशेष पौडेल महिला काण्ड लागेर सैनिक हिरासतमा पुगेका छन् भने सोही प्रकृतिको लफडामा अर्का लेफ्टिनेण्ट कर्णेल तुलबहादुर बोहोरालाई समेत सैनिक प्रहरीले हिरासतमा राखेको छ । आफ्नै कार्यालयकी महिला सैनिकलाई होटलमा बोलाएको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रधानमन्त्रीको राजीनामापछि नियन्त्रण बाहिर गयो अवस्था : तत्कालीन मुख्य सचिव अर्याल

रसुवामा डिब्बा दुर्घटना: एकको मृत्यु, एक घाइते

यस्तो छ जाँचबुझ आयोग समक्ष तत्कालीन गृहसचिव दुवाडीले दिएको बयान

ओली लेखकलाई ज्यान मुद्धा : यी हुन जाँचबुझ आयोगले डामेका प्रशासक,नेपाली सेना र प्रहरी अधिकारी

सुधन गुरुङको अनाधिकृत निर्देशनपछि चीन–नेपाल व्यापार प्रभावित, जाँच कडाइका कारण कन्टेनर चीनमै रोकिए

धन्यवाद ज्ञापन कार्यक्रमलाई शहरीका कर्मचारीहरुले विदाइ कार्यक्रम बनाइदिएपछि…

११ बर्षदेखि सामान्य प्रशासनमै रमाएका सहसचिव कँडेलले छाड्न मानेनन सिंहदरबार

सुनसान सिंहदरबार

बिशेष