युनिभर्सल डेन्टलले मोबाइल डेन्टल सर्भिस भेइकल सञ्चालनमा

काठमाडौंको स्युचाटारमा रहेको युनिभर्सल डेन्टल हस्पिटल एन्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटले मोबाइल डेन्टल सर्भिस भेइकल सञ्चालनमा ल्याएको छ । अस्पतालले गाडीमा दाँत परीक्षण तथा उपचारका लागि डाक्टरको समूहसहितको मोबाइल अस्पताल सञ्चालनमा ल्याएको हो ।

बिज्ञापन

 

बिज्ञापन

अस्पतालसम्म आउन नसक्ने ज्येष्ठ नागरिक तथा शारीरिक रूपमा अशक्त व्यक्तिको घरैमा गएर दन्त उपचार गर्ने उद्देश्यका लागि यो सेवा सुरु गरिएको अस्पतालका प्रबन्ध निर्देशक राजन लामाले बताए । नागार्जुन नगरपालिकासँगको सहकार्यमा पालिकाका विभिन्न ठाउँमा समय समयमा दन्त परीक्षणसम्बन्धी निःशुल्क शिविर सञ्चालन पनि गरिने तथा मुख र दाँतको सफाइसम्बन्धी जनचेतना फैलाउने काममा यो भ्यान प्रयोग हुने उनको भनाइ छ ।

 

बिज्ञापन

घरैमा गएर सुविधा दिँदा पनि अस्पतालमा लिने शुल्कमै उपचार गरिदिने तथा आर्थिक रूपमा असमर्थ बिरामीलाई निःशुल्क उपचार सेवा पनि दिने प्रबन्ध निर्देशक लामाले बताए । बिरामीले फोनमार्फत आग्रह गर्दा नागार्जुन, चन्द्रागिरि, कीर्तिपुरलगायतका नगरपालिका तथा काठमाडौं महानगरभित्र पनि सेवा दिन सकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सूर्यविनायकमै कर सेवा विस्तार: अब प्यानदेखि भ्याटसम्म नगरपालिकाबाटै सुविधा

नासुदेखि पूर्व प्रधानमन्त्रीसम्मको सम्पत्ति छानबिन हुँदै

सरुवामा असन्तुष्टि: बुढीगंगाका प्रमुख प्रशासकीय अधिकृतले दिए राजीनामा

बर्खाअघि नै भत्किएका सडक : जुम्लामा डिभिजन कार्यालय मौन, ठेकेदार हावी

खरिदार,नासु,शाखा अधिकृत,उपसचिवसहित ६९ कर्मचारीको सरुवा

अध्यादेशको हलचल : कानुनी परामर्शमा राष्ट्रपति

अब कर्मचारीको बढुवा कार्य मूल्यांकन सूचकका आधारमा हुने

घरमै राहदानी: बैतडीमा घरदैलो सेवा सुरु, सेवाग्राहीलाई ठूलो राहत

बिशेष