७७ जिल्लाका सीडियोलाई जिल्ला नछाड्न गृह सचिवको निर्देशन

गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई  निर्देशन दिएका छन् । अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका हुन ।

बिज्ञापन

गृह मन्त्रालयमा बिहीबार ‘भर्चुअल’ माध्यमबाट कमाण्ड पोष्टका संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे भएको छलफलमा उनले देशभर मनसुन भित्रिएसँगै हुन सक्ने विपद्जन्य घटना व्यवस्थापन गर्न आफ्ना जिल्लाका स्थानीय तहहरूसँग सहकार्य एवम् समन्वय गरेर पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

बिज्ञापन

प्रदेश सरकार, निजी क्षेत्र,सामाजिक संस्थाहरू परिचालनका निम्ति समन्वय गर्न एवं सडक विभागबाट तयारी अवस्थामा राखिएका उपकरण मुख्य राजमार्गमा तैनाथ गर्नुपर्ने जनाउँदै गृहसचिव अर्यालले त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्नसमेत निर्देशन दिएका मन्त्रालयले जनाएको छ ।

विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहने भएकाले प्रजिअहरूले स्थानीय तहहरूसँगको समन्वयमा जोड दिनुपर्ने गृहसचिव अर्यालको जोड दिए ।स्थानीयस्तरमा  विपद्जन्य घटनाको पहिलो जिम्मेवारीमा स्थानीय तह नै रहने भएकाले जनप्रतिनिधिसहित कर्मचारीसँगको समन्वय एकदमै महत्त्वपूर्ण छु, यस्तो अवस्थामा आफ्नो कार्यक्षेत्र नछाड्न निर्देशन दिनुहोला ।

बिज्ञापन

यसैगरी मौसम पूर्वानुमान गर्ने निकायको तत्परतालाई थप प्रभावकारी गर्न अनुरोध गर्दै तत्काल उद्धार र राहतका लागि हेलिकोप्टरदेखि अन्य प्रभावकारी स्रोत साधन चुस्त राख्न सम्बद्ध सबै पक्षलाई उनले अनुरोध गरेका छन् ।

जिल्लामा काम गर्ने सिलसिलामा कुनै कुरामा असहजता भएका मन्त्रालयसँग समन्वय गर्न र सहजीकरणका लागि हरबखत तयार रहेको उनले बताए । उनले विपदबाट मानवीय क्षति व्यहोर्न पुगेका परिवारहरूमा आफैँ उपस्थित भई सहानुभूतिसहित आवश्यक सहयोग गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमाले निकट गिरी घुस खाएको आरोपमा अख्तियारबाट पक्राउ

आफू अनुकुलको उपसचिव लैजान मन्त्रीलाई आधा करोड घुस अफर गर्ने विचौलिया निलम्बित

अन्तिम समयमा विशेष छानबिन समिति नै विभाजित : सत्तापक्ष एकातिर,प्रतिपक्ष अर्काेतिर

गृहका १८ शाखा अधिकृत र ५ सुब्वाले सिंहदरबार छाड्न मानेनन

विदेशबाट आयात हुने सामग्रीहरूमा ‘नेपाल गुणस्तर’ अनिवार्य गरिने

“निजामती प्रशासनमा कोतपर्व” सार्वजनिक:- एक ऐतिहासिक पुस्तक विमोचन कार्यक्रममा बुद्धिजीवीहरूको उपस्थिति

प्रधानमन्त्रीको विदेश भ्रमणअघि मन्त्रिपरिषद् बैठक बस्दै

‘अडिओ’मा मुछिएका मन्त्री बलराम अधिकारीमाथि अख्तियारको निगरानी : बयान लिन खोज्दा अनुसन्धानमै ‘सकस’

बिशेष