३६ दिने गोताखोर तालिमको समापन

गोताखोर तालिम बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा आज २० गते समापन भएको छ ।सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारमा जेष्ठ ९ देखि संचालन भएको गोताखोर तालिम ३६ दिन अवधिमा समापन भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि श्रेष्ठले विपद् व्यवस्थापनको क्षेत्रमा सशस्त्र प्रहरी बलले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए । मनसुनको सुरुवात संगै हुने विपद्को सामना गर्न तयारी हालतमा रहन निर्देशन दिएका उक्त कार्यक्रममा बागमती प्रदेशका माननिय सांसद कृष्ण प्रसाद सिलवालले पनि विशिष्ट अतिथिको रुपमा आफ्नो मन्तव्य राखेका थिए ।

बिज्ञापन

उक्त कार्यक्रममा विशिष्ट अतिथि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशिराज दाहालले वि.सं. २०७९ सालमा पहिलो पटक मित्र राष्ट्र बंगलादेशमा २५ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई गोताखोर तालिम प्रदान गराए पश्‍चात वि.सं. २०७६ देखि भने नेपालमा नै गोताखोर तालिमहरु संचालन गरिँदै आएको कुरा जानकारी गराउदै विपद् प्रतिकार्यको लागि सशस्त्र प्रहरी बल, नेपालले वाहिनी स्तरमा ८ वटा खोज तथा उद्धार टिमहरु, विपद् डेडिकेटेड ९ वटा वेशहरु र देशभरि ९ स्थानमा गोताखोर टोलीहरु आवश्यक साधनस्रोतहरु सहित परिचालन गरिएको व्यहोरा जानकारी गराए ।साथै दिक्षित भएका गोताखोरहरुलाई विपद् उद्दारमा नेपाली जनताको जिउधनको सुरक्षा गरि नेपाली जनतालाई भरपर्दो आडभरोसा बन्‍ने गरि कार्य गर्नको लागि निर्देशन समेत दिएका छ्न ।

बिज्ञापन

सशस्त्र प्रहरी बल, नेपाल विपद् तालिम शिक्षालय, कुरिनटारका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक माधव प्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीले धन्यवादन ब्यक्त गरे।
बागमती प्रदेश सरकारको सहयोगमा विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारमा संचालित उक्त तालिममा सशस्त्र प्रहरी बल, नेपालका विभिन्न ईकाईहरुबाट छनौट गरिएका १९ जना सशस्त्र प्रहरी कर्मचारीहरु सहभागी भएका थिए । उक्त कार्यक्रममा बागमती प्रदेश सासंद कृष्ण प्रसाद सिलवाल, चितवन र गोरखा जिल्लाका स्थानीय पालिकाका प्रमुखहरु, नेपाल प्रधान कार्यालय कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक बंशिराज दाहाल, चितवन, धादिङ्ग र गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, नेपाली सेना नं. ६ बाहिनी अड्डा बैरेनी धादिङ्गका वाहिनीपति सहायक रथी रोज प्रताप ज.ब.रा., सशस्त्र प्रहरी बल राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरिक्षक कमल गिरी, नं ३ गढिमाई बाहिनि मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक गणेश ठाडा मगर, चितवन, धादिङ्ग र गोरखा जिल्लाका विभिन्न सुरक्षा निकायका कार्यालय प्रमुखहरु समेतको उपस्थिति रहेको थियो ।

ईच्छाकामना गाउँपालिका वडा नं. ४, कुरिनघाट स्थित त्रिशुली नदिमा प्रशिक्षार्थीहरुद्वारा प्रर्दशन गरीएको जल उद्धार सम्वन्धि अभ्यासको अवलोकन गर्नुभए पश्‍चात आन्तरिक मामिला तथा कानुन मन्त्रीज्यूले तालिम सफलतापूर्वक सम्पन्न गर्ने प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुका साथै बधाई ज्ञापन गरे ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सात महिना नबित्दै स्थानीय सेवा ऐन संशोधन,प्रदेशसभामा पेश गरिँदै

निजामती विधेयकको प्रतिवेदन तयार,आइतबारदेखि दफादार छलफल

यी हुन असार मसान्त अगावै अनिवार्य अवकाशमा जान लागेका १४ सहसचिव

आज ललितपुर महानगरपालिकामा स्थानीय बिदा

काँग्रेस-एमाले सरकार बनेयता १३३ नियुक्ति,ठूला पद जति काँग्रेसलाई

खेलकुद पत्रकार मञ्चमा अधिकारी

पाकिस्तानमा तालिमप्राप्त नेपाली सैनिक अधिकृतको भेला

पाकिस्तानमा रहेका कर्मचारीलाई सुरक्षित स्थानमा जान अमेरिकाको निर्देशन

बिशेष