अर्थका ४४ कर्मचारी हुल बाँधेर विदेशतिर

आर्थिक वर्षको अन्तिममा अर्थ मन्त्रालयका झण्डै चार दर्जन कर्मचारी विदेश शयरमा जान लागेका छन् । जेठ २२ को मन्त्रिस्तरीय निर्णयबाट भ्रण स्वीकृत गराई ४४ कर्मचारीको जम्मो टोली विदेश शयरमा निस्कन लागेका हुन ।

बिज्ञापन

बजेट तर्जुमा तथा व्यवस्थापन प्रणाली सम्बन्धमा भइरहेका अभ्यासबारे अध्ययन तथा अवलोकन गर्ने ४४ जना कर्मचारी अस्ट्रेलिया, अफ्रिका, स्विट्जरल्यान्ड र थाइल्यान्ड भ्रमणमा जान लागेका हुन् । जसमा ११ जना उपसचिवस्तरका छन् ।

बिज्ञापन

जसमा उपसचिव ध्रुवप्रसाद पाण्डे,उपसचिव टीकराम भुसाल,पूर्ण प्रसाद न्यौपाने,दिलिप केसी,जगदिश्वर उपाध्याय,देवनारायण पौडेल,कमानसिंह तमाङ,ज्ञानेन्द्रराज ओझा,सन्तोष न्यौपाने गौरींशकर उपाध्याय लगायत रहेका छन् ।

यस्तै शाखा अधिकृतहरू रघु पराजुली, सुशीला भट्ट पण्डित, रामकुमार श्रेष्ठ, दिलक आचार्य, राजन थापा, राजबोली सम्बाहाम्फे, सन्तोष तामाङ, भरत आचार्य, खेमेन्द्रमणि घिमिरे, विना श्रेष्ठ र कल्पना शाक्य अशोक गुरागाईं, बुद्धिप्रसाद पन्त, मात्रिका नेपाल, यादव खड्का र कम्प्युटर अधिकृत अमर सुवेदी, रमेशकुमार कार्की, घनश्याम भुसाल, दिनेश खनाल, नेत्रप्रसाद घिमिरे, अन्जना गिरी, रिना लम्साल र कम्प्युटर अधिकृतहरू गणेश सिंह रावल लगायतका कर्मचारी विदेश शयरमा निस्कन लागेका छन् ।

बिज्ञापन

अर्थ मन्त्रालयको विविध शीर्षकबाट छुट्याइएको बजेट रकमान्तर गरेर उक्त भ्रमण गर्न लागेका हुन ।

एकातिर राजश्व अनुमानभन्दा कम उठेको छ । निर्यात ठप्प र आयात बढ्दो छ । साधारण खर्च ह्वात्तै बढेको अवस्थामा अर्थका ४४ जना कर्मचारी विदेश भ्रमणमा जान लागेका छन् । अर्थका ४४ कर्मचारीहरु विभिन्न कार्यक्रमको नाममा अफ्रिका,अस्ट्रेलिया,युरोप र दक्षिणपूर्वी एसियाका विभिन्न मुलुक जान लागेका हुन् । यसरी अवसर पाउने अधिकांश चौबिसै घण्टा अर्थमन्त्री र अर्थसचिवको वरपर घुम्नेहरु रहेको अर्थका कर्मचारीहरुले बताएका छन् ।

स्रोतको दाबी छ, ‘भ्रमण केवल मस्तिका लागि हो । छुट्टी मनाउन सरकारी कोषको प्रयोग गरिएको छ ।’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

बिशेष