स्व.दुर्गाबावु पाठक स्मृती संगीत पुरस्कार रायन घिमिरेलाई

सशस्त्र प्रहरी निरीक्षक स्व. दुर्गाबावु पाठको स्मृतीमा स्थापित ‘दुर्गाबावु पाठक स्मृती संगीत पुरस्कार’ किर्तिपुर स्थित नेपाल एपीएफ स्कुलको कक्षा ८ मा अध्ययरत छात्र रायन घिमिरेलाई प्रदान गरिएको छ ।

बिज्ञापन

असार १७ गते सोमबार सशस्त्र प्रहरी परिवार महिला संघको २३औं वार्षिकोत्सवको अवसर पारेर संघकी उपाध्यक्ष साबित्रा कुमारी जैसिले घिमिरेलाई पुरस्कार प्रदान गर्नुभएको हो ।
यसअघिका वर्षहरुमा सो पुरस्कार नेपाल एपीएफ स्कुल किर्तिपुरका छात्रहरु आशिष रोकाया, साइजित पाण्डे, अनिष थापा मगर र अर्जुन झालाई प्रदान गरिएको थियो ।

बिज्ञापन

स्व.पाठको स्मृतीमा सि.सं. ७ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमका सहकर्मीहरुद्धारा सामूहिक रुपमा २०७३ सालमा अक्षयकोष स्थापना गरिएको थियो । कोषमा जम्मा भएको रकमको ब्याजबाट हरेक वर्ष सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिकोत्सवमा सो पुरस्कार नेपाल एपीएफ स्कुलमा अध्ययनरत संगीततर्फ प्रथम हुनेछात्र तथा छात्रालाई प्रदान गरिदै आएको छ ।
स्व.पाठकले ‘पंक्षी र निन्द्रा लाग्दैन’ गरि दुईवटा एल्बम बजारमा ल्याएका थिए । गीत संगीतमा रुची राख्ने पाठक २०६०/२०६१ सालमा चितवनमा सम्पन्न सिनर्जी राईजिङ् स्टारको उत्कृष्ट १० भित्र पर्न सफल भएका थिए भने आठौं कालिका म्यूजिक अवार्डमा वेष्ट आर्टिष्टको उपाधी समेत हात पारेका थिए ।

गीत लेख्ने, संगीत दिने र आफै गाउने समेत क्षमता भएका स्व.पाठकको प्रतिभालाई अमर राख्नको लागि उक्त अक्षयकोष स्थापना गरिएको हो । कर्तव्य पालनाको सिलसिलमा २०७२ चैत्र २८ गते धादिङ्गको मलेखुमा भएको अकल्पनीय सडक दुर्घटनामा परि उनको निधन भएको थियो ।

बिज्ञापन

डिएसपि शैलेन्द्र थापा ( स्मरणीय छ हामी एकै ब्याचका हौं )

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी प्रलयमा परी १६० राष्ट्रसेवक वेपत्ता,चारको मृत्यु

उपसचिव सिडियो,उनकै मातहतमा खटाइयो सहसचिव

निजामती सेवा दिवसका सम्पूर्ण कार्यक्रम रद्ध

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

बिशेष