प्रमाणपत्र नक्कली,जागिर सक्कली

चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालिन असिस्टेन्ट सुकबहादुर तामाङविरुद्ध नक्कली शैक्षिक योग्यतासम्बन्धी आरोपपत्र दायर भएको छ ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीविरुद्ध मुद्दा दर्ता गरेको हो । आयोगका अनुसार तामाङको एसएलसीको प्रमाणपत्र नक्कली रहेको पाइएको छ ।

बिज्ञापन

उनले काठमाडौंको रामशाहपथस्थित पद्मोदय माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी अस्पतालको जुनियर असिस्टेन्ट पदमा नियुक्ति लिएको देखिन आएको बताइन्छ ।

उनले असिस्टेन्ट पदमा बढुवा हुनसमेत सो सर्टिफिकेट प्रयोग गरेका थिए । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी प्रलयमा परी १६० राष्ट्रसेवक वेपत्ता,चारको मृत्यु

उपसचिव सिडियो,उनकै मातहतमा खटाइयो सहसचिव

निजामती सेवा दिवसका सम्पूर्ण कार्यक्रम रद्ध

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

बिशेष