इन्जिनियरको शैक्षिक प्रमाणपत्र नक्कली,अख्तियारद्धारा विशेषमा भ्रष्टाचार मुद्धा दायर

काठमाडौंको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति, नयाँबानेश्वरमा कार्यरत इलेक्ट्रोनिक्स इन्जिनियरको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियारले ती कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

बिज्ञापन

अख्तियारले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति, नयाँबानेश्वरमा कार्यरत इलेक्ट्रोनिक्स इन्जिनियर जीवनप्रसाद अधिकारीलाई प्रतिवादी बनाएर विशेष अदालतमा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोप पत्र दायर गरेको हो ।

बिज्ञापन

अधिकारीले भारतको कोलकताबाट इन्जिनियरिङ पास गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेका थिए ।

अधिकारीले सहायक स्तर प्रथम प्राविधिक पदमा नियुक्ति लिँदा उनले नक्कली प्रमाणपत्र पेस गरेका थिए ।

बिज्ञापन

अधिकारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आरोप पत्र दायर गरिएको अख्तियारद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी प्रलयमा परी १६० राष्ट्रसेवक वेपत्ता,चारको मृत्यु

उपसचिव सिडियो,उनकै मातहतमा खटाइयो सहसचिव

निजामती सेवा दिवसका सम्पूर्ण कार्यक्रम रद्ध

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

बिशेष