राहत बोकेर सिडिओ पीडितको घरमै

पहिरोले घर पुरिँदा ज्यान गुमाएकी कास्कीको मादी ५ की आयुश्मा रानाभाटको परिवारलाई जिल्ला प्रशासन कार्यालय कास्कीले राहत हस्तान्तरण गरेको छ । प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे नेतृत्वको टोली घटनास्थलमै पुगी बिहीबार जिल्ला विपद व्यवस्थापन कोषबाट २ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । नेपाल सरकारको विपद्का घटनामा परी मृत्यु भएका व्यक्तिलाई राहत उपलब्ध गराउने सम्बन्धी मापदण्ड, २०७७ बमोजिमको रकम हस्तान्तरण गरिएको प्रजिअ पाण्डेले बताए ।

बिज्ञापन

मंगलबार राति पहिरोेले घर पुरिँदा १३ वर्षे आयुश्माको घटनास्थलमै निधन भएको थियो । सँगै सुतेकी हजुरआमा ७० वर्षे लालमाया बञ्जारको भने सकुशल उद्धार गरिएको थियो ।अनमोलकी आमा रितु सुनारको गण्डकी मेडिकल कलेजको आइसियुमा उपचार भइरहेको छ ।

बिज्ञापन

मंगलबार राति नै पोखरा महानगरपालिका– २७ आरुपाटा निवासी हरि सुनारको कच्ची घरको पछाडिबाट माटोको ढिस्को खस्दा ३ वर्षे अनमोल सुनारको निधन भएको छ । उनको परिवारबाट कागजात आउनेवित्तिकै राहत उपलब्ध गराइने प्रजिले पाण्डेले बताए । उनले भने, ‘सुनारको डकुमेन्ट आउनै बाँकी छ, आउनेबित्तिकै सम्बन्धित परिवारलाई रकम उपलब्ध गराउँछौं ।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष