आन्तरिक राजस्वको ताकेताः व्यवसायको पैसा व्यक्तिगत खातामा जम्मा नगर्नू

काठमाडौं । आन्तरिक राजस्व विभागले व्यवसाय गरेको रकम व्यवसायको आधिकारित खातामै जम्मा गर्न ताकेता गरेको छ ।

बिज्ञापन

व्यावसायिक कारोबारको कुनै पनि रकम व्यक्तिगत खातामा जग्गा गरेको पाइएमा न्यूनतम ५ हजार वा त्यसरी जम्मा गरेको रकमको २ प्रतिशतमा जुन बढी हुन्छ सो रकम जरिवाना लाग्ने भएको हो ।

बिज्ञापन

अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक २०८१ मार्फत आयकर ऐनमा संशोधन गर्दै व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने व्यवस्था गरेका थिए ।

आर्थिक विधेयक २०८१ ले आयकर ऐन संशोधन गरी व्यावसायिक कारोबार वापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने व्यवस्था गरेअनुसार सोही अनुसार गर्न सचेत गराएको हो ।जसअनुसार कुनै पनि व्यक्तिले व्यावासायिक कारोबार वापत प्राप्त रकम नगद, चेक, क्यूआर कोड तथा अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइँदैन । यसो गरे प्रत्यक पटकको अनुमगनमा ५ हजार रुपैयाँ वा कुल रकममको २ प्रतिशतमध्ये जुन बढी हुन्छ सो रकम जरिवाना हुनेछ ।

बिज्ञापन

आयकर ऐनको दफा ११९ ‘क’ को उपदफा ३ अनुसार जरिवाना हुने आन्तरिक राजस्व कार्यालयले जारी गरेको सूचनामा छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

खाना पकाउने ग्यास लिन लाइन लागेका वृद्ध उभिँदा उभिँदै ढलेर बिते

मध्यपूर्वमा शक्ति सन्तुलन: अमेरिका–इजरायल–इरान द्वन्द्वको भू-राजनीतिक अर्थ

नयाँ सरकार बन्नुअघि आयल निगममा सेटिङमा निमित्त डिपो प्रमुख बनाउँदै

ईरानी नागरिकलाई नेपालमा आगमन भिसा नदिने सरकारको निर्णय

कर्णाली सरकारले गर्‍यो दुई विधेयक स्वीकृत

सरुवा–बढुवाको सूचना अब पीआईएस प्रणालीमा स्वचालित अद्यावधिक हुने

सत्तामा रास्वपा पुग्नु अगावै धमाधम खोतलिन थाल्यो पूरानो फाइल

अधिकृत र उपसचिवहरुलाई सेवाकालीन तालिमको अवसर

बिशेष