अर्थका पाँच सहसचिव हेरफेर :-बजेटमा राना,कप्रको जिम्मेवारी आचार्यलाई

अर्थमन्त्री बर्षमान पुनले सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेका छन् ।

बिज्ञापन

बजेट महाशाखाको हाकिम रितेश शाक्यलाई भ्रष्टाचार मुद्धा लागेसँगै रिक्त रहेको बजेट महाशाखाको जिम्मेवारी नरेन्द्र रानालाई दिइएको छ । राना अघिल्लो महिनामात्र भरतपुर महानगरपालिकाबाट अर्थमा तानिएका थिए । उनलाई धितोपत्र वोर्ड हेर्ने जिम्मेवारी दिइएको थियो ।
यस्तै दुई साता अघिमात्र प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सम्हालेका नारायण सापकोटालाई महालेखा नियन्त्रकको कार्यालयमा पठाएका छन् । सापकोटा राजश्व अनुसन्धान विभागबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यायमा जगेडामा रहेका थिए दश महिना । त्यहाँबाट गत चैत्रमा अर्थमा लगिएको उनलाई दुई महिनासम्म जिम्मेवारविहिन बनाएर राखिएको थियो ।
हालैमात्र महालेखा नियन्त्रक कार्यालयबाट राजेश्वर ज्ञवाली सामान्य प्रशासनमा पुगेपछि त्यो ठाउँमा सापकोटालाई खटाइएको हो । यता सापकोटाको ठाउँमा रामप्रसाद आचार्यलाई ल्याइएको छ ।
यस्तै सुशीला अर्याललाई महालेखा नियन्त्रकको कार्यालयमा पुगेका छन् । राष्ट्रपति कार्यालयमा कार्यरत एक अधिकृत सरुवा गर्न नमान्दा सामान्य प्रशासनबाट सरुवा भएर अर्थमा पुगेका रामकुमार महत्तोलाई भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

बिशेष