सरकारको बजेटबाटै ५० करोड गायब

गण्डकी प्रदेश सरकारले ल्याएको बजेटबाटै ५० करोडको हिसाब गोलमाल भएसँगै तनाव निस्किएको छ । गत असार १ गते गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि झण्डै ३३ अर्बको ४२ करोडको बजेट सार्वजनिक गरेको थियो ।

बिज्ञापन

गण्डकी प्रदेशका अर्थमन्त्री जितप्रकाश आले मगरले ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका थिए । चालु खर्च १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार अर्थात् ३८ दशमलव ०१ र पुँजीगततर्फ २० अर्ब १९ करोड पाँच लाख ६२ हजार अर्थात् ६० दशमलव ०४ प्रतिशत बजेट विनियोजन भएकोमा समानीकरण अनुदानमार्फत सात अर्ब ६२ करोड २५ लाख, राजस्व बाँडफाँट ९ अर्ब पाँच करोड २५ लाख, रोयल्टी बाँडफाँट ४० करोड आठ लाख, सशर्त चार अर्ब ९४ करोड १५ लाख, समपुरक अनुदान ८४ करोड र विशेष अनुदान ७० करोड प्राप्त हुने बताइएको थियो ।

बिज्ञापन

बजेटको पूरा आकार र खर्च व्यहोर्ने स्रोतको हिसाब किताबमा ४९ करोड ९ लाख ७५ हजार नमिलेसँगै प्रतिपक्षीले संसद बैठक अवरुद्ध गरेको हो ।

सरकारले ल्याएको बजेटको हिसाब किताब नमिलेपछि त्यहाँको संसद बैठक नै अवरुद्ध भइरहेको छ । गण्डकी प्रदेश सरकारले ल्याएको बजेटको हिसाब नमिलेपछि प्रतिपक्षी दलले संसद् बैठक अवरुद्ध गरेको जनाएको छ । प्रतिपक्षीले हिसाब नमिल्दासम्म संसद् अघि बढ्न नसक्ने बताए ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष