विशेष अदालतका तीन न्यायधीशविरुद्ध न्यायपरिषद्मा उजुरी परेको छ ।
बिज्ञापन
विशेष अदालतले गिल्ट इन्भेष्टमेन्ट प्रालिका सञ्चालक तथा होटल याक एण्ड यतिमा सञ्चालित क्यासिनो ह्याप्पीका मालिक सुरेन्द्रबहादुर सिंहलाई मुख्य प्रतिवादी बनाइएको मुद्दामा सफाई दिएको छ ।रोयल क्यासिनोका सञ्चालक सुरेन्द्रबहादुर सिंहविरुद्ध २७ करोड ६७ लाख बिगो कायम गरी दायर भएको मुद्दामा विशेष अदालतले सफाइ दिएसँगै उनीसहितका न्यायधीशहरुमाथि छानबिनको माग राख्दै न्यायपरिषद्मा उजुरी परेको हो । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले ०७९ कात्तिक १५ गते सिंहविरुद्ध २७ करोड बिगो दावी गदै मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा शारदादेवी सिंह, जीवनबहादुर सिंह, जयन्ती थापा पनि प्रतिवादी थिए । कर चुक्ता नै नगरी क्यासिनो किनबेच गरिएको उजुरीपछि उक्त कम्पनीमाथि छानवीन भएको थियो । गत १३ वैशाखमा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले सफाइको फैसला गरेको थियो । न्यायपरिषद् स्रोतका अनुसार उजुरीमा तीनै न्यायाधीश र उनीहरूका आफन्तमाथि समेत छानबिनको माग गरिएको छ । फैसलाको पूर्णपाठ भने आएको छैन ।
बिज्ञापन
पर्याप्त प्रमाण हुँदाहुँदै दूषित मनसायले फैसला गरेको भन्दै छानबिनको माग गरी भेषराज लुइँटेलले उजुरी गरेका हुन् ।