भूमिसुधारका दुई कर्मचारी निलम्बित

अख्तियारले भूमिसुधारका दुई जना कर्मचारीलाई निलम्बनको आदेश दिएको छ । प्रमुख नापी अधिकृत, नापी अधिकृत र सर्वेक्षकले सेवाग्राहीलाई महिनौं झुलाई लाखौं असुलेर मात्र काम गरिदिएको उजुरीपश्चात निलम्बनमा परेका हुन् । ७ वर्षदेखि निरन्तर एउटै व्यक्ति प्रमुख रहेको नापी विभागअन्तर्गतको नापी कार्यालय कलंकीका नाअ हिरालाल पार्धे र नुवाकोटका सर्वेक्षक अमित श्रेष्ठको जागिर अख्तियारको आदेशमा धरापमा भएको हो ।

बिज्ञापन

कलंकीमा कार्यरत हिरालाल टोली प्रमुख थिए । अमित नुवाकोटबाट काजमा आए । प्रमुख अधिकृत सुदीप श्रेष्ठको आदेशमा अमितलाई हिरालालकै टोलीमा सामेल गराइयो । सेवाग्राहीसँग लिइने ‘खुश’ (सेवाग्राही खुशी भएर दिने रकमलाई कर्मचारीवृत्तमा ‘खुश’ भन्ने गरिन्छ) को काम पनि चलिरहेकै थियो । हिरालालकै क्षेत्रअन्तर्गत घडेरी किनबेचका क्रममा लालपुर्जामा उल्लेख गरिएभन्दा फिल्डमा बढी जग्गा भएको काम आयो । बेच्ने र किन्ने दुवै राजी, बढेको जग्गा कायम गरी क्रेताका नाममा लालपुर्जा बनाउनुपर्ने थियो । बढेको जग्गा पुर्जामा समेटेवापत केही लाख कर्मचारीलाई दिने सहमति भयो । फाइल अमितले टोली नेता हिरालाललाई बुझाए ।

बिज्ञापन

दाङ नापीमा काम गर्दादेखि नै कमाउन सिपालु हिरालालले अमितमार्फत जग्गा किन्नेले गरेको कबुलभन्दा बढी रकम आशा राखे । हाकिमसँग समन्वय गरी फाइल घर्रामा थन्काइदिए । यता अमितले पनि ध्यान दिएनन् । यस क्रममै अमितको काज अवधि सकियो र त्रिशुली फर्किए । दुई महिनासम्म पनि काम नभएपछि जग्गावालाले अमितलाई फोन गरे । उनले तत्काल हिरालाललाई फोन गरी अझै त्यो काम भएन सर ? भनी सोधे । हिरालालले यो तपाईंले नै गर्ने हो, मैले सुदीप सरसँग पनि कुरा गरिसकेको छु, उहाँ र म सँगै छौं भने । म त यता आइसकें, अब कसरी गर्न सक्छु र भन्दा हिरालालले तपाईं त्यहाँ बिदा लेखेर आउनुस्, कामबारे यतै छलफल गरौंला भनेपछि अमित कलंकी आए । काम अमितमार्फत नै अघि बढाइयो ।

महिनौं काम नभएर दिक्क जग्गावालाहरू मागबमोजिम रकम दिन तयार भए । योजनाबमोजिम अमित जग्गावालाबीच भेट भयो । तर, अमित वातावरण अनुकूल नभएको छनक पाई पिसाब फेर्ने बहानामा सुइँकुच्चा ठोके । हिरालालले नै लगातार फोन गरी विभागदेखि मन्त्रालयसम्म पहुँचको आश्वासन दिंदै आऊ, काम गरौं, केही फरक पर्दैन भनेपछि अमित फेरि अर्कोपटक बिदा लिएर कलंकी आए । हिरालालले लुकाएर घर्रामा थन्काएको फाइलमा अमितले काज रहँदाकै पुरानो मिति राखी हस्ताक्षर ठोके । सबै काम सुदीपसँग समन्वय गरी हिरालालले मिलाए र मागबमोजिमको रकम पनि बुझे । मन्त्रालयमा राम्रै शुभलाभ पुर्‍याएर कलंकी नापीको प्रमुख बनेका भनिएका सुदीप, हिरालाल र अमितले आएको ‘खुश’ भागबण्डा त गरे तर यता अख्तियारमा उजुरी परिसकेको थियो ।

बिज्ञापन

बढी रकम माग गरी महिनौंसम्म काम नगरिदिएर हैरानी खेपेका सेवाग्राहीले घुसको रकम र नम्बरसहित उजुर दिएपछि शुरुमा अमित र पछि हिरालाललाई पनि अख्तियारले हिरासतमा राख्यो । उजुरी, आरोपीको बयान र फोनमा उपलब्ध प्रमाणलाई आधार बनाई अख्तियारले असार २५ गते पत्र पठाएर उनीहरूलाई निलम्बन गर्न आदेश दिएको छ । आयोगको पत्रमा हिरालाल र अमितलाई निलम्बन गरी जानकारी महाशाखा नं. १२, कोठा नं. ३१ मा यथाशीघ्र गराउन भनिएको छ । साथै भ्रष्टाचारको आरोपमा कारवाही चलाइएको व्यक्ति पदमा बहाल रहिरहँदा आफूविरुद्धको प्रमाण लोप वा नाश गर्नसक्ने वा अनुसन्धान र तहकिकातमा बाधा पुर्याउन सक्ने भएकाले निलम्बन गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

७२ कम्युटर अपरेटरहरुको सरुवा : १८ लाई गृह,२२ भूमि व्यवस्था तथा अभिलेख विभाग

अन्तर्वार्ताको सूचीबाट हटाइए उपसचिवका तीन उमेद्धार

कुमारी बैंकका अध्यक्ष र माननीय विदूषीविरुद्ध अंश मुद्धा दायर

२५ उपसचिवको सरुवा : १३ लाई प्रमुख प्रशासकीय अधिकृत,पाँच भित्रिए सिंहदरबार

२५ उपसचिवको सरुवा, अधिकांशलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

सचिव बढुवाका लागि सहसचिव कुँवरको एकल नाम सिफारिस

जासुसको सर्टिफिकेट नै नक्कली,अख्तियारले हाल्यो मुद्धा

प्रशासनिक संयन्त्रप्रति मन्त्रीको आक्रोश : ‘कर्मचारीले मलाई टेरेनन्, केही गर्न सकिन’

बिशेष