लगनखेल मालपोतका तीन नासु र दुई लेखापढी व्यवसायी ३ लाख घुससहित पक्राउ

काठमाडौं । भूमि प्रशासन कार्यालय, लगनखेल, ललितपुरका कर्मचारी र लेखापढी व्यवसायीहरूको मिलेमतोमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।

बिज्ञापन

जग्गाको बकसपत्र गराइदिने काममा अनावश्यक दुःख–हैरानी दिई सेवाग्राहीसँग घुस मागिएको भन्ने उजुरीपछि आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले विशेष निगरानी गरेको थियो। सोही क्रममा ललितपुर महानगरपालिका–४ स्थित एक होटलबाट सेवाग्राहीसँग घुसबापत तीन लाख रुपैयाँ लिइसकेको अवस्थामा उनीहरूलाई रंगेहात पक्राउ गरिएको हो।

बिज्ञापन

पक्राउ पर्नेमा भूमि प्रशासन कार्यालय, लगनखेलका नायब सुब्बा उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगर तथा लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवाल रहेका छन्।

अख्तियारको टोलीले उनीहरूको साथबाट घुसबापत लिइएको तीन लाख रुपैयाँका साथै स्रोत खुल्न नसकेको २४ हजार ८९० रुपैयाँसमेत बरामद गरेको जनाएको छ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पक्राउ परेका सबैमाथि भ्रष्टाचारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। अनुसन्धानपछि प्राप्त प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ।

पछिल्लो समय भूमि प्रशासन तथा मालपोत कार्यालयहरूमा सेवाग्राहीलाई अनावश्यक दुःख दिएर घुस असुल्ने गतिविधिविरुद्ध अख्तियारले निगरानी र कारबाहीलाई तीव्र बनाउँदै आएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लगनखेल मालपोतका तीन नासु र दुई लेखापढी व्यवसायी ३ लाख घुससहित पक्राउ

ज्योती बैंकको ज्यादती : अदालतले रोक्का राखेको जग्गा सेटिङमा लिलाम,विवादमा बहादुर

मुस्ताङ भन्सार फेरि विवादमा : दुई गाडीमा ठूलो परिमाणमा भेप रहेको स्रोतको दाबी

लोकसेवा आयोगले गर्यो परीक्षाको कार्यक्रम संशोधन

२१ अधिकृतको सरुवा,१० को गृहमा इन्ट्री

राष्ट्रिय किताबखानामा संगठन तथा पद दर्ताको काम तीव्र, १० मन्त्रालयका १३७ निकायको दर्ता सम्पन्न

स्मार्ट सेल र एनसेलको ४ अर्ब ६० करोड प्रकरणमा पक्राउ पर भण्डारी

इन्जिनियरविरुद्ध नक्कली प्रमाणको मुद्धा

बिशेष