तीन न्यायधीशविरुद्ध न्यायपरिषद्मा उजुरी

विशेष अदालतका तीन न्यायधीशविरुद्ध न्यायपरिषद्मा उजुरी परेको छ ।

बिज्ञापन

विशेष अदालतले गिल्ट इन्भेष्टमेन्ट प्रालिका सञ्चालक तथा होटल याक एण्ड यतिमा सञ्चालित क्यासिनो ह्याप्पीका मालिक सुरेन्द्रबहादुर सिंहलाई मुख्य प्रतिवादी बनाइएको मुद्दामा सफाई दिएको छ ।रोयल क्यासिनोका सञ्चालक सुरेन्द्रबहादुर सिंहविरुद्ध २७ करोड ६७ लाख बिगो कायम गरी दायर भएको मुद्दामा विशेष अदालतले सफाइ दिएसँगै उनीसहितका न्यायधीशहरुमाथि छानबिनको माग राख्दै न्यायपरिषद्मा उजुरी परेको हो । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले ०७९ कात्तिक १५ गते सिंहविरुद्ध २७ करोड बिगो दावी गदै मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा शारदादेवी सिंह, जीवनबहादुर सिंह, जयन्ती थापा पनि प्रतिवादी थिए । कर चुक्ता नै नगरी क्यासिनो किनबेच गरिएको उजुरीपछि उक्त कम्पनीमाथि छानवीन भएको थियो । गत १३ वैशाखमा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले सफाइको फैसला गरेको थियो । न्यायपरिषद् स्रोतका अनुसार उजुरीमा तीनै न्यायाधीश र उनीहरूका आफन्तमाथि समेत छानबिनको माग गरिएको छ । फैसलाको पूर्णपाठ भने आएको छैन ।

बिज्ञापन

पर्याप्त प्रमाण हुँदाहुँदै दूषित मनसायले फैसला गरेको भन्दै छानबिनको माग गरी भेषराज लुइँटेलले उजुरी गरेका हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

अवकाशको मुखमा अपमान

रास्वपा केन्द्रीय सदस्यमा पूर्व डीआईजी खड्काको उम्मेदवारी, ‘अनुभव र क्षमतालाई राष्ट्रहितमा समर्पित गर्छु’

पदका लागि राजनीतिक रंग फेर्दै ‘पुराना खेलाडी’, रास्वपा निकट बनेर पुनः अवसर खोज्दै विवादित पात्रहरू

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

बिशेष