यस अघि उच्च र विशेष अदालतले हेर्दै आएको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अबदेखि जिल्ला अदालतले पनि हेर्न सक्ने बनाइएको छ । संसदबाट ऐन संशोधनमार्फत यस्तो व्यवस्था गरिएको हो । सम्पत्ति शुद्धीकरण अवैध धन्दा वा अपराधको विषय हो ।
बिज्ञापन
आइन्दा मानव बेचविखन गरी त्यसैबाट आर्जित रकम बैंकमा जम्मा गर्नेलगायत संगीन अपराधमार्फत कमाएको रकम सम्पत्ति शुद्धीकरणअन्तर्गत पर्ने छन् । देशैभरका जिल्ला अदालतमा मानव बेचविखन, लागुऔषधको कारोबार, चेलिबेटी बेचविखनलगायत धेरै मुद्दा छन् ।
बिज्ञापन
हिजोसम्म यी कुनै एक विषयमा मात्रै मुद्दा खेप्नुपर्ने अवस्था थियो भने अबदेखि यसमा सम्पत्ति शुद्धीकरणसमेत थपिने भएको छ । यी मुद्दा लागेका व्यक्तिहरूले स्रोत नखुलेको नगद, धनसम्पत्ति आर्जन गरेको देखियो भने सम्पत्ति शुद्धीकरणअन्तर्गत मुद्दा पनि चलाइनेछ । जे होस् अब यस्ता अपराधमा संलग्न जो–कोहीले कमाइको स्रोत देखाउनै पर्ने हुन्छ ।