‘अर्थसचिव मन्त्रालयमै म्याट्रेस ओछ्याएर सुत्नुभयो’

अर्थमन्त्री वर्षमान पुनले बजेट निर्माणको अनुभव सुनाएका छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनको क्रममा मन्त्री पुनले आफूले दोश्रो पटक बजेट पेश गर्न पाएपछि ‘रिल्याक्स मुड’मा रहेको बताउँदै बजेट निर्माण गर्दाका अनुभूति सुनाएका हुन ।

बिज्ञापन

‘राजनीतिक रुपमा संसदमा बजेट पेश हुन्छ कि हुँदैन भन्ने थियो,’ पुनले भने, ’अहिले रिल्याक्स मुडमा छौं । मन्त्री पुनले बजेट निर्माणका क्रममा हतार र दबाब दुवै झेल्नुपरेको बताए । त्यसक्रममा उनले रातभर बसेर बजेट निर्माण गरेको सुनाए । ‘खासगरी म अस्ति राति बिहान साढे तीन बजेसम्म मन्त्रालयमा बसेँ’, मन्त्री पुनले अनुभव सुनाउँदै भने, ‘र बिहानीपख मात्र गएर केही समय सुतेर बजेट प्रस्तुत गर्नुपर्ने अवस्था बन्यो ।’

बिज्ञापन

मन्त्री पुनले भने, ‘अर्थ सचिव मेट्रेस लिएर आउनुभएको रहेछ, उहाँ यहीँ सुत्नुभयो । राजश्वसचिव चाहीँ चार बजेपछि घर जानुभयो ।’ उनले बजेट बनाउन जुटेका धेरै कर्मचारीहरू मन्त्रालयमै बस्नुपर्ने अवस्था बनेको भन्दै सबैको सहयोग र शुभेच्छाका कारण बजेट तयार गर्न सफल भएकोमा आफू हर्षित रहेको बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रिता गिरी रेनुकाको तीन मुक्तक

पहिला सिडियो बन्न हतारो,अहिले तीन महिने तालिमको चटारो

व्यङ्ग्यको ऐनामा समाज : इतिश्री उवाच

भौतिक मन्त्रालयको यात्रामा ‘ब्रेक’ लागेका सचिव दुइ सातापछि खानेपानीमा सरुवा

यातायात कार्यालयका १७ कर्मचारी र ट्राफिकको मोबाइल अख्तियारले गर्‍यो जफत

लुम्बिनी विकास कोषमा कानूनको सामूहिक हत्या : लेखा प्रमुखमाथि सरुवा, तलब रोक्का र प्रतिशोधको ताण्डव

आचारसंहिता उल्लघन गर्नेलाई अब जिल्लाबाटै डण्डा,सहायक सिडियोलाई दिइयो ‘पावर’

आठौं तहका अधिकृतसँग पौने सात करोड अवैद्य सम्पत्ति,श्रीमतीलाई समेत अख्तियारले बनायो प्रतिवादी

बिशेष