‘अर्थसचिव मन्त्रालयमै म्याट्रेस ओछ्याएर सुत्नुभयो’

अर्थमन्त्री वर्षमान पुनले बजेट निर्माणको अनुभव सुनाएका छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनको क्रममा मन्त्री पुनले आफूले दोश्रो पटक बजेट पेश गर्न पाएपछि ‘रिल्याक्स मुड’मा रहेको बताउँदै बजेट निर्माण गर्दाका अनुभूति सुनाएका हुन ।

बिज्ञापन

‘राजनीतिक रुपमा संसदमा बजेट पेश हुन्छ कि हुँदैन भन्ने थियो,’ पुनले भने, ’अहिले रिल्याक्स मुडमा छौं । मन्त्री पुनले बजेट निर्माणका क्रममा हतार र दबाब दुवै झेल्नुपरेको बताए । त्यसक्रममा उनले रातभर बसेर बजेट निर्माण गरेको सुनाए । ‘खासगरी म अस्ति राति बिहान साढे तीन बजेसम्म मन्त्रालयमा बसेँ’, मन्त्री पुनले अनुभव सुनाउँदै भने, ‘र बिहानीपख मात्र गएर केही समय सुतेर बजेट प्रस्तुत गर्नुपर्ने अवस्था बन्यो ।’

बिज्ञापन

मन्त्री पुनले भने, ‘अर्थ सचिव मेट्रेस लिएर आउनुभएको रहेछ, उहाँ यहीँ सुत्नुभयो । राजश्वसचिव चाहीँ चार बजेपछि घर जानुभयो ।’ उनले बजेट बनाउन जुटेका धेरै कर्मचारीहरू मन्त्रालयमै बस्नुपर्ने अवस्था बनेको भन्दै सबैको सहयोग र शुभेच्छाका कारण बजेट तयार गर्न सफल भएकोमा आफू हर्षित रहेको बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कमलपोखरीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बाहिनी अभ्यास सम्पन्न

रास्वपा केन्द्रीय सदस्यमा पराजित भए श्रममन्त्री

महानिर्देशकले टेरेनन् बालेन सरकारको निर्देशन

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

स्थानीय सरकार: खर्चमा अघि, आयमा पछि

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

बिशेष