घर बिदा लिएर बिदेश भ्रमणमा निस्किएका सचिवलाई स्पष्टीकरण पत्र काट्दै सतर्कता

मुख्य सचिवसँग चार दिनको बिदा स्वीकृत गराएर विदेश उडेका सचिवलाई सतर्कता केन्द्रले पत्र काट्ने तयारी गरेको छ । गत महिना माघ ४ देखि ६ गतेसम्म यूएन हेबिट्याटले प्रायोजन तथा ओडिसा प्रान्त सरकारले आयोजना गरेको इनक्लुसिभ डिसेन्ट्रलाइज्ड सेनिटेसन एन्ड अर्बन ट्रान्सफर्मेसन’ कार्यक्रमको नेतृत्व गर्दै खानेपानी सचिव उडिसा पुगेर फर्किएको रहष्य खुलेपछि सतर्कता केन्द्रले त्यसबारेमा सचिव आचार्यसँग स्पष्टीकरण सोध्न लागेको हो । केन्द्र स्रोतले बिहिबार (भोलि) नै सचिव आचार्यलाई यस बारेमा स्पष्टीकरण पत्र काट्न लागेको जनाएको छ ।

बिज्ञापन

सचिव तहका कर्मचारी वैदेशिक भ्रमणमा निस्कदा क्याविनेटबाट स्वीकृत गराउनुपर्ने अनिवार्य  व्यवस्था भए पनि सचिव आचार्य मन्त्रिपरिषदको स्वीकृतिबेगर विदेश भ्रमण गरी फर्किएको बिषय महिना दिन पछि सार्वजनिक भएसँगै केन्द्रले सचिव आचार्यसँग स्पष्टीकरण सोध्ने तयारी गरेको हो । सचिव आचार्यले मुख्य सचिव बैकुण्ठ अर्यालसँग चार दिनको घर बिदा स्वीकृत गराएर उक्त कार्यक्रममा पुगेको बिषय सार्वजनिक भएसँगै केन्द्रले स्पष्टीकरण पत्र काट्ने तयारी गरेको हो ।

बिज्ञापन

सचिव आचार्यको नेतृत्वमा मन्त्रालयका सहसचिवहरू मीना श्रेष्ठ, अर्जुन गौतम, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठ, विभागका दुई सीडीई रवीन्द्र पोखरेल र रतिश ओझासँगै खानेपानी मन्त्री यादवका छोरा सुनिल पनि सो कार्यक्रममा पुगेर फर्किसकेका छन् । खानेपानी मन्त्रीका छोरा सुनिल कर्मचारीको कोटामा उक्त कार्यक्रममा पुगेर फर्किएको बिषय सार्वजनिक भएसँगै यस अघि नै केन्द्रले खानेपानी मन्त्री महेन्द्र राय यादवलाई स्पष्टीकरण पत्र काटेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गंगालालमै कुटपिट भएका चिकित्सक भन्छन्, ‘आक्रमण सहेरै पनि बिरामी आमाको ज्यान जोगाएँ’

क्यानका पूर्व महानिर्देशक प्रदीप अधिकारी थुनामै

बार्षिकोत्सव मनाएको भोलिपल्टै फेरियो टेलिकमको नेतृत्व

किताबखानाको सूचना शुद्धीकरण अभियान, विवरण उपलव्ध गराउन आह्वान

निर्वाचन आचारसंहिता लाग्नु अघि ‘छापामार शैली’मा कर्मचारी सरुवा,बदर गर्न अदालतको आदेश

स्थानीय प्रशासनको अनुमति वेगर भेला हुन खोजेपछि पक्राउ परे दुर्गा प्रसाई

मालपानीसँग राजश्व,यातायात,भन्सारदेखि वाणिज्यका कर्मचारीको ‘नेक्सस’ खोज्दै अख्तियार

प्रहरीमा राजीनामा दिनेको लर्काे,पाँच बर्षमै पाँच हजारद्धारा जागिर परित्याग

बिशेष