घर बिदा लिएर बिदेश भ्रमणमा निस्किएका सचिवलाई स्पष्टीकरण पत्र काट्दै सतर्कता

मुख्य सचिवसँग चार दिनको बिदा स्वीकृत गराएर विदेश उडेका सचिवलाई सतर्कता केन्द्रले पत्र काट्ने तयारी गरेको छ । गत महिना माघ ४ देखि ६ गतेसम्म यूएन हेबिट्याटले प्रायोजन तथा ओडिसा प्रान्त सरकारले आयोजना गरेको इनक्लुसिभ डिसेन्ट्रलाइज्ड सेनिटेसन एन्ड अर्बन ट्रान्सफर्मेसन’ कार्यक्रमको नेतृत्व गर्दै खानेपानी सचिव उडिसा पुगेर फर्किएको रहष्य खुलेपछि सतर्कता केन्द्रले त्यसबारेमा सचिव आचार्यसँग स्पष्टीकरण सोध्न लागेको हो । केन्द्र स्रोतले बिहिबार (भोलि) नै सचिव आचार्यलाई यस बारेमा स्पष्टीकरण पत्र काट्न लागेको जनाएको छ ।

बिज्ञापन

सचिव तहका कर्मचारी वैदेशिक भ्रमणमा निस्कदा क्याविनेटबाट स्वीकृत गराउनुपर्ने अनिवार्य  व्यवस्था भए पनि सचिव आचार्य मन्त्रिपरिषदको स्वीकृतिबेगर विदेश भ्रमण गरी फर्किएको बिषय महिना दिन पछि सार्वजनिक भएसँगै केन्द्रले सचिव आचार्यसँग स्पष्टीकरण सोध्ने तयारी गरेको हो । सचिव आचार्यले मुख्य सचिव बैकुण्ठ अर्यालसँग चार दिनको घर बिदा स्वीकृत गराएर उक्त कार्यक्रममा पुगेको बिषय सार्वजनिक भएसँगै केन्द्रले स्पष्टीकरण पत्र काट्ने तयारी गरेको हो ।

बिज्ञापन

सचिव आचार्यको नेतृत्वमा मन्त्रालयका सहसचिवहरू मीना श्रेष्ठ, अर्जुन गौतम, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठ, विभागका दुई सीडीई रवीन्द्र पोखरेल र रतिश ओझासँगै खानेपानी मन्त्री यादवका छोरा सुनिल पनि सो कार्यक्रममा पुगेर फर्किसकेका छन् । खानेपानी मन्त्रीका छोरा सुनिल कर्मचारीको कोटामा उक्त कार्यक्रममा पुगेर फर्किएको बिषय सार्वजनिक भएसँगै यस अघि नै केन्द्रले खानेपानी मन्त्री महेन्द्र राय यादवलाई स्पष्टीकरण पत्र काटेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

खल्तीविरुद्ध जेनजीहरु खुलकुदमन्त्रीकहाँ

अस्वभाविक बरियता : अधिवक्ताभन्दा सर्वाेच्चका न्यायधीश तल,पूर्व एआइजी जेनजी मन्त्रीभन्दा पुच्छारमा

१ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय वीरगन्जका सर्वेक्षक र सहयोगीविरुद्ध मुद्दा दायर

११२ प्रहरी कर्मचारी कारवाहीमा,बढुवा रोक्कासम्मको चेतावनी

सहकारी व्यवस्थापन टोलीसँग स्पष्टीकरण पछि मन्त्रीको सरुवा

नेपाललाई डिजिटल पथमा डोर्याउने ‘कहाँ’को योजना : स्मार्ट डोर बेलदेखि डिजिटल हाजिरीसम्म

अख्तियारको राडारमा तत्कालीन मन्त्री,सचिव,सह सचिवदेखि मन्त्रीका स्वकीयसम्म

मन्त्रिपरिषद् बिस्तार हुँदै,को को हुँदैछन् नयाँ मन्त्री ?

बिशेष