हिमालयन लाइफद्वारा व्यतित बीमालेख नविकरणमा २५ देखि शतप्रतिशतसम्म छुटको घोषणा

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था गरेको छ । कम्पनीले साविकको प्राइम लाइफ,यूनियन लाइफ र गुराँस लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरु जेठ ६ गतेदेखि १८ गतेसम्म पुनजार्गरण वा नविकरण गराउँदा २५ देखि शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको हो ।

बिज्ञापन

कम्पनीले यो अवधिभित्र नविकरण गराउदा बीमा शुल्कमा लाग्ने बिलम्ब शुल्कमा छुटको व्यवस्था गरेको छ । ३ वर्षसम्मको बीमालेख नविकरण गर्दा शतप्रतिशत छुट,३ वर्षभन्दा माथि ५ वर्षसम्म ५० प्रतिशत, ५ देखि ७ वर्षसम्म ३५ प्रतिशत र ७ वर्षदेखिमाथि जतिसुकै अवधिका लागी २५ प्रतिशत ब्याज छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

बिज्ञापन

कम्पनीका अनुसार यस्तो छुट बीमा अवधिभर एकपटक मात्रै प्रदान गरिने छ ।

यो छुट योजनामा समावेश भई नविकरण भएका बीमालेखहरु नविकरण भएको २ वर्षभित्र समर्पण गर्न आएमा प्रदान गरेको ब्याज छूटको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

क्यानका डिजी र आयल निगमको डिपो प्रमुखबीच नोक झोक

फ्रेस अफिसर्सको त्रिवि अध्यागमनमा इन्ट्री,पूराना ४४ अधिकृतहरु गृहमा सरुवा

युनियन रुपन्देही अध्यक्ष पाण्डे सम्मानित

नारायणी नदीमा डुबेर बालकको मृत्यु, सशस्त्र प्रहरीको टोलीद्वारा शव फेला

रसुवागढी बाढीपछिको अवस्था : प्रधानमन्त्रीसमक्ष राष्ट्रिय युवा संघ नेपालको मागपत्र

अध्यागमनमा खटिए ४४ फ्रेस अफिसर (सूचीसहित)

रसुवागढीको बाढी संकट :परराष्ट्रमन्त्री र सांसद आचार्यबीच सीमावर्ती संकटबारे गम्भीर छलफल

वैदेशिक रोजगार विभागको तीव्र अनुगमन: म्यानपावर कम्पनीहरूमाथि कारबाही सुरु

बिशेष