हिमालयन लाइफद्वारा व्यतित बीमालेख नविकरणमा २५ देखि शतप्रतिशतसम्म छुटको घोषणा

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था गरेको छ । कम्पनीले साविकको प्राइम लाइफ,यूनियन लाइफ र गुराँस लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरु जेठ ६ गतेदेखि १८ गतेसम्म पुनजार्गरण वा नविकरण गराउँदा २५ देखि शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको हो ।

बिज्ञापन

कम्पनीले यो अवधिभित्र नविकरण गराउदा बीमा शुल्कमा लाग्ने बिलम्ब शुल्कमा छुटको व्यवस्था गरेको छ । ३ वर्षसम्मको बीमालेख नविकरण गर्दा शतप्रतिशत छुट,३ वर्षभन्दा माथि ५ वर्षसम्म ५० प्रतिशत, ५ देखि ७ वर्षसम्म ३५ प्रतिशत र ७ वर्षदेखिमाथि जतिसुकै अवधिका लागी २५ प्रतिशत ब्याज छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

बिज्ञापन

कम्पनीका अनुसार यस्तो छुट बीमा अवधिभर एकपटक मात्रै प्रदान गरिने छ ।

यो छुट योजनामा समावेश भई नविकरण भएका बीमालेखहरु नविकरण भएको २ वर्षभित्र समर्पण गर्न आएमा प्रदान गरेको ब्याज छूटको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४७ उपसचिवको सरुवा : २३ लाई पठाइयो नगरपालिका, स्थानीय तहबाट १८ आए संघीय मन्त्रालय

वीवाइडीले कर छलेको पृष्टि : रसुवा भन्सारमा १९ करोड २७ लाख दाखिला

छोरीलाई बाँच्न देऊ

प्रशासनका २३,इन्जिनियरिङतर्फका २,कृषि १ सहित २७ सहसचिवको सरुवा

निजामती सेवा : सुशासनको मेरुदण्ड,जनभरोसाको आधार

नागार्जुनमा भत्ताको ब्रह्मलुट : दुई कर्मचारीले चार वर्षमै बुझे करोडौं

काभ्रेलाई नसर्ने रोग नियन्त्रणको राष्ट्रिय सिकाइ केन्द्र बनाउने १३ पालिकाको प्रतिबद्धता

तीन महिनाको काज, आठ वर्ष देखि निर्देशक श्रेष्ठको जेपी कोइरालामा ‘राज’

बिशेष